रेखा मगर
कार्तिक २५ नेपालगन्ज । नेपालगन्जमा जुवातास खेल्ने र खेलाउने प्रहरी निरीक्षक सहित प्रहरीले १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको संरक्षणमा बाह्रै महिना अवैध जुवातास खेलाउँदै आएका व्यापारी प्रकाश शाह सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
भेरी अञ्चल प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले शाहलाई संरक्षण दिँदै जुवा खेलाएको आरोपमा नेपालगन्जस्थित सिटी होटलबाट धनौली इलाका प्रहरी कार्यालय खजुराका प्रहरी निरीक्षक भरतसिंह राठौर र शाह सहित ९ जना र सोनपुरबाट ५ जनालाई पक्राउ गरेको हो ।
उक्त होटलबाट अवैध जुवातास खेल्दै गरेका बेला प्रहरीको टोलीले दुर्गा अर्याल, अनेय शर्मा, रामजी यादव, हेमन्त केसी, विष्णु अर्याल, विजय भण्डारीलाई पनि पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीको टोलीले गत कात्तिक १० गते राति प्रकाश शाह सहित १२ जनालाई कोरियानपुरस्थित उहाँकै घरबाट पक्राउ गरी मुद्धा चलाएको थियो । अदालतबाट धरौटीमा रिहा भएको दुइ साता नबित्दै शाह पुनः पक्राउ परेका हुन् । प्रहरीले जुवाडेहरुलाई संरक्षण दिने आफू पनि जुवा खेल्ने प्रहरी निरीक्षक राठौरलाई हिरासतमा राखी विभागीय कारबाही गर्ने जनाएको छ ।