ताजा अपडेट

...


आईभी एड्स सम्वन्धी सचेतना कार्यक्रम



रेखा मगर,
दाङ, १६ कार्तिक ।  नेपाल क्षयरोग निवारण संस्था दाङ जिल्ला शाखा घोराहीले विभिन्न स्थानहरुमा एच आईभी एड्स सम्वन्धी सचेतना कार्यक्रम गरेको छ ।

हालै घोराहीमा निवृत राष्ट्र सेवक समाजका ३२ जना, सरिकोट सामुदायिक वन उपभोक्ता समिति धर्नाका १ सय ५८ जना र बबई महिला सामुदायिक वन उपभोक्ता समिति धर्ना ३ गैरीगाँउका १ सय १८ जनालाई सचेतना तालीम प्रदान गरेको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष खिमलाल डाँगीले आज एक प्रेस बिज्ञप्ती जारी गरी ३ स्थानमा गरी ३ सय ८ जनालाई एच आईभी एड्स सम्वन्धी सचेतना तालीम प्रदान गरेको जानकारी दिनुभयो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.