कार्तिक १६ दाङ । यातायात व्यवसायी बीचको विवादले रुकुम र सल्यानमा आज सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छैनन् ।सवारी साधन सञ्चालनको विषयमा यातायात ब्यवसायीबीच झडप हुँदा प्रहरीले नियन्त्रणमा लिएका कर्मचारी रिहाईको माग गर्दै ब्यवसायीहरुले नै यातायातका साधन सञ्चालनमा रोक लगाएका हुन् ।
आज बिहानबाट सवारी साधन सञ्चालनमा नआउँदा यात्रुहरु अलपत्रमा परेका छन् । बिहानैदेखि सल्यान, रुकुम र दाङ तुलसीपुरबाट सल्यान हुँदै रुकुम चल्ने सवारीका साधन चलेका छैनन् । भारतले गरेको नाकावन्दीका कारण ईन्धन अभाव हुँदा त्यसै कम चलेका सवारी साधन ब्यवसायीबीचको विवादले ठप्प हुँदा झनै समस्या परेको हो ।
हिजो राती दाङ तुलसीपुरको गोटीखोलामा दुई पक्षका युवाहरुबीच झडप भएको थियो । गोटीखोलामा भएको झडपमा १ जना चालकको खुट्टा भाँचिएको र उपचारको लागि नेपालगञ्ज लगिएको राप्ती अञ्चल सार्बजनिक यातायात व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष भरतनाथ योगीले जानकारी दिनुभएको छ ।
ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
- Blog Comments
- Facebook Comments




