ताजा अपडेट

...


श्रीमान द्वारा श्रीमतीको विभत्स हत्या



रेखा मगर​
कार्तिक १६ दाङ ।  हँसियाले टाउकोमा प्रहार गरी रोल्पामा एक जनाले श्रीमतीको हत्या गरेका छन् । अरेश गाबिस ६ का ५८ वर्षीया टकबहादुर रोकाले ५१ वर्षकी श्रीमती रमी रोकाको हत्या गरेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी घरमा आएका रोकाले घरायसी झगडामा हँसियाले टाउकोमा प्रहार गरी रमीको हत्या गरेका थिए ।

घटना बारे आफ्नै छोरा पुरन रोकाले इलाका प्रहरी कार्यालय सुलिचौरमा जानकारी दिएपछि प्रहरीले रोकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शेखरजङ्ग मल्लले जानकारी दिनुभयो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.