कार्तिक, १६ । पर्साको वीरगञ्जमा आज प्रहरीसँग भएको झडपमा एक जना भारतीय नागरिक मृत्युभएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका व्यक्ति भारतिय नागरिक भएको पुष्टि भएको हो ।
मृत्यु हुनेमा रक्सौल नयाँ रोडका २४ वर्षीय आशिषकुमार राम रहेको बताइएको छ । उनी प्रहरीमाथि भएको ढुंगामुढामा संलग्न थिए । गृह मन्त्रालयले पनि मृतक भारतीय नागरिक भएको पुष्टि गरेको हो ।
वीरगञ्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना बसेकाहरुलाई प्रहरीले हटाएपछि वीरगञ्ज आज विहानैबाट तनावग्रस्त भएको थियो ।