१६ कात्तिक । गाउँमा कम्प्युटर शिक्षा अभियान बेलायतका संयोजक जोनी पहारीले हासिपुर गाविसको एक विद्यालयलाई गाउँमा कम्प्युटर शिक्षा अभियानका तर्फवाट तिन वटा कम्प्युटर सहयोग गर्नुहुने भएको छ । विद्यालय छनोटका लागि पहारी बुधवार हासिपुर जाने कार्यक्रम रहेको छ ।
त्यस्तै पहारीले सैघाको बाम्ला प्राथमिक विद्यालयमा श्रीमती मैना पहारी र आफ्नो व्यक्तिगत सहयोगमा ३० हजार रुपैयाको अक्षकोष स्थापना गर्नुहुने भएको छ । उक्त रकमको प्राप्त व्यज विद्यालयमा अध्ययन गर्ने गरिव टुहुरा बालबालिकाहरुको अध्ययनमा खर्च गरिने छ । भने अक्षकोषको रकम प्रत्यक बर्ष थप गर्दै जाने पहारीले बताउनुभएको छ ।
कार्यक्रममा गैरआवासिय संघ रसियाका उपाध्यक्ष रामेश्वर गौतमले थोरै रकमले बालबालिकाको शैक्षिक विकासमा महत्वुर्ण सहयोग गर्ने बताउनुभएको थियो । निकट भविष्यमा आफुले समेत बालबालिकाहरुको सहयोगका लागि दाङमा केही गर्ने उपाध्यक्ष गौतमले बताउनुभयो ।
त्यस्तै गैरआवासिय संघ एनआरएनकी केन्द्रीय सदस्य रहनुभएकी सुष्मा राईले शान्ता चौधरी फाउण्डेसन माफर्त सैघा गाविसमा रहेको जनता प्राथमिक विद्यालयलाई एक कार्यक्रमको आयोजना गरी ५० हजार रुपैया राशी रहेको अक्षकोषको चेक हस्तान्तरण गर्नुहुने भएको छ । विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि अक्षकोष स्थापना गरेको पत्रकार सम्मेलनमा राईले बताउनुभएको थियो । कार्यक्रममा जनता प्रावि र बाम्ला प्राविमा अध्ययनरत बालबालिकाहरुका लागि राईले शैक्षिक सामाग्री समेत वितरण गर्ने जनाउनुभएको छ ।