रेखा मगर,
दाङ, १७ कार्तिक दाङमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । तुलसीपुर नगरपालिका ५ दुरसञ्चार नजिक रोकिकराखेको लु १ ज १४१७ नंवरको जीपमा सल्यानतर्फ जाँदै गरेको बा ६ प ३०८२ नंवरको पल्सर मोटरसाईकल ठोक्किदा मोटरसाईसकल पछाडी सवार एक जनाको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा तुलसीपुर नगरपालिका ४ शिवनगर वस्ने ४५ वर्षिय श्यामलाल बिक रहेको वताईएको छ । दुर्घटनामा घाईते भएका विकको अञ्चल अस्पतालमा उपचारका लागी लैजादै गर्दा मृत्यु भएको ईप्रका तुलसीपुरका प्रहरी हवल्दार केशव योगीले जानकारी दिनुभयो ।
गएराति भएको दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक तुलसीपुर ११ अस्वाराका २५ वर्षिय अर्जुन विकको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।।