दाङ , कार्तिक १७। ववई महिला सामुदायिक वन धर्नाले आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्र बृद्धि प्रदान गरेको छ । सामुदायिक वनको १२ औ साधारण सभाको अबसर पारी दुई जना विद्यार्थीलाई छात्रवृद्धि प्रदान गरिएको हो । अर्थिक अबस्था कमजोर हुदाँ पढ्नबाट बन्चित हुने अबस्थामा पुगेका धर्नाका अपाङ सरिता चौधरी र सो ठाउँका विपना थापालाई नगद सहित शैक्षिक सामाग्री सहित प्रदान गरेको थियो । हरेक बर्ष वन समुहले आर्थिक अबस्था कमजोर भएका यस्तालाई छात्रबृद्धि प्रदान गर्दे आएको छ । साधारण सभामा बोल्ने बक्ताहरुले आथिर्क अबस्था कमजोर भएका यस्ता विद्यार्थीलाई आर्थिक सहयोग गर्नु सबैको दायित्व हुने बताएका थिए । कार्यक्रमका प्रमुख आतिथी जिल्ला वन कार्यालय दाङका प्रतिनिधी रामचरण चौधरीले समाज निमार्णका लागि सामुदायिक वनहरुले महत्व पूर्ण भुमिका खेलेको बताउनुभयो ।वन समुहका अध्यक्ष भिमा डाँगीको अध्यक्षता भएको कार्यक्रममा नेपाली काग्रेस विष्णुमणि दाहाल, राप्रपा नेपालका तिलक बहादुर केसी.सरिकोट सामुदायिक वनका अध्यक्ष उमाकान्त केसी, धर्ना गाविस प्रतिनिधी विष्णु पौडेल, वन महासंका प्रतिनिधी रोवर बहादुर केसी, क्षयरोग निवारण सस्थाँका खिमलाल भण्डारी, लगाएतले आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । साधारणसभामा कोषाध्यक्ष देबा शर्माले आर्थिक प्रतिबेदन र सचिव मन्जु कार्कीले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस अबसरमा दृष्टी विहिन, माधब चौधरी, जेष्ठ नागरिक निमकला नेपाली, अपाङ प्रदेशी चौधरी दोसल्ला ओढाएर सम्मान गरिएको थियो । वन समुहका उपाध्यक्ष वालीका बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वन समुहका सचिव मन्जु कार्कीले गर्नुभयो ।




