ताजा अपडेट

...


बाख्रापालन सिप सिक्दै मुक्त कमलहरी



इन्द्रेणी सम्बाददाता 

देउखुरी, १३ मंसिर । दाङ सहित पाँच जिल्लाका २० जना मुक्त कमलहरी तिन महिने वाख्रा पालन तालीममा सहभागी भएका छन् । विचमै विद्यालय जान छाडेका मुक्त कमलहरी उद्यमी वन्न वाख्रा पालन तालिममा सहभागी भएका हुन् । 

दाङ, बाँके, वर्दीया, कैलाली र कञ्चनपुर जिल्लामा मुक्त कमलहरीहरुलाई उद्यमी वनाउन बाख्रा पालन तालीममा सहभागी गराएको नेपाल यूथ फाउण्डेसन का परियोजना अधिकृत विनोद सिङ्ग कडाराले जानकारी दिनुभयो । तालीमको आयोजना यूथ फाउण्डेसनले गरेको हो । 

राप्ती प्राविधिक शिक्षालय लालमटीयाको प्राविधिक सहयोग छ । तिन महिना सम्म मुक्त कमलहरीले शिक्षालयमा वाख्रा पालन गरेर उद्यमी वन्ने विषयमा सिपहरु सिक्ने शिक्षालयका निमित्त प्रमुख मोतीलाल चौधरीले जानकारी दिनुभयो । 

तालीममा सहभागी भएकाहरुले विऊ पुजीको रुपमा आर्थिक सहयोग पाउने छन् । त्यस रकम वाट उनिहरुले ब्यावसायीक रुपमा वाख्रा पालन गर्ने लक्ष्य राखीएको आयोजक संस्थाका परियोजना अधिकृत कडाराले वताउनु भयो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.