ताजा अपडेट

...


हिंसा अन्त्यका लागि व्यहार परिबर्तन गर्नुपर्ने




प्रशान्त ओली 
दाङ, १३ मंसिर । लैंगिक बिभेदको अन्त्य गर्न व्यक्तिको व्यहारबाटै परिबर्तन आउनु पर्नेमा महिला अधिकारकर्मीहरुले जोड दिएका छन् । व्यक्तिको आचरण र व्यवहारमा परिबर्तन ल्याउन सके मात्रै विभेद र हिंसाको अन्त्य हुने भएकाले अब पारिवारीक आचरणबाटै सुधार ल्याउनु पर्नेमा अधिकारकर्मीहरुले जोड दिएका हुन् ।

महिला हिंसा बिरुद्धको १६ दिने अभियान र अन्तराष्ट्रिय महिला मानब अधिकार रक्षकहरुको दिवसका अबसरमा आज घोराहीमा आयोजित अभिनन्दन तथा छलफल कार्यक्रममा अधिकारकर्मी महिलाहरुले व्यक्तिको बानी र व्यवहारमा परिबर्तन ल्याउनै पर्नेमा जोड दिएका हुन् ।

विभिन्न कुरीती र बाहानामा महिलाहरु माथी हिंसा हुने गरेको भन्दै सचेतना र गल्ती गर्नेलाई कार्वाहीको भागिदार बनाउन सके बिभेद र हिंसामा न्यूनिकरण हुने उनिहरुको भनाई छ । ओरेक नेपाल दाङ र महिला मानब अधिकार रक्षकहरु सञ्चालले आयोजना गरेको कार्यक्रममा सहभागि अधिकारकर्मी र पिडित महिलाहरुले आफुहरुको न्यायमा अझै सहज पहुँच नभएको गुनासो गरेका छन् ।


पिडित महिलाहरुले सहजै न्याय पाउन नसकेको र अदालतबाट आफ्नो पक्षमा फैसला भएपनि कार्यान्वयनमा समस्या भएको बताएका छन् । अदातलले गरेको फैसालाबाट प्राप्त सम्पतिको उपभोग समेत गर्न नपाएको गुनासो गरे । अधिकारकर्मी महिला र पिडितहरुले हरेक बेला आफुहरु असुरक्षित भएर काम गर्नुपर्ने अबस्था रहेको बताएका छन् ।

पिडकहरुलाई कानुनी कार्वाही नहुदा पनि आफुहरु निरास हुनु परेको भन्दै अब कुरा भन्दा पनि काममा ध्यान दिनुपर्ने बेला आएको उनिहरुको भनाई छ । महिला मानब अधिकार रक्षकहरुको सञ्जाल दाङकी अध्यक्ष शुष्मा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महिला मानब अधिकारको क्षेत्रमा योगदान पु¥याएको भन्दै पत्रकार एवं सञ्जालका केन्द्रीय सदस्य लक्ष्मी आचार्यलाई अभिनन्दन गरिएको छ ।।   

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.