ताजा अपडेट

...


कालोबजारी रोक्न विद्यार्थी संगठनको आग्रह



इन्द्रेणी सम्बाददाता 
दाङ, १३ मंसिर । दाङमा क्रियाशिल विभिन्न पार्टीका विद्यार्थी संगठनहरुले बन्द र अभाबको बेला हुने कालोबजारीलाई रोक्न प्रशासनलाई सकृयता बढाउन माग गरेका छन् । संयुक्त बिद्यार्थी संगठनहरुको आज घोराहीमा बसेको बैठकले मधेस आन्दोलन र नाकाबन्दीका बेला बजारमा भैरहेका कालोबजारीलाई रोक्न प्रशासन सँग आग्रह गरेको हो ।

 विद्यार्थी संगठनहरुले दैनिक उपभोग्य बस्तु, इन्धन, औषधी लगाएतका बस्तुहरुको आपूर्ती गरी नागरिकहरुको दैनिकीलाई सहज बनाउन समेत प्रशासन सँग आग्रह गरेका छन् ।

विद्यार्थीहरु ग्यासको अभाबमा रहेको र दाउरा पाएपनि घरबेटीहरुले आगोबाल्न नदिदा कष्ठकर दैनिकी विताईरहेको भन्दै विद्यार्थीहरुको समस्यामालाई समाधान गर्न पनि बैठकले माग गरेको छ ।
साथै बिद्यालयका बसहरुलाई सहजरुपमा इन्धन उपलब्ध गराउन माग गरेका छन् ।
भारतिय सरकारले गरेको अघोषित नाकाबन्दीका बेला इन्धनको अभाबभइरहेको समयमा जिल्लाका सरकारी कार्यालयका सवारी साधनहरु व्यक्तिगत काममा प्रयोग गरिएको भन्दै बिद्यार्थी संगठनले त्यसलाई रोक्न समेत आग्रह गरेका छन् ।

नेकपा एमाले निकट अखिलका सचिब गोपाल रेग्मी, एकीकृत नेकपा माओबादी निकट अखिल क्रान्तिकारीका सह सचिब सृजन रेग्मी, नेकपा क्रान्तिकारी माओबादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष प्रशान्त वली, नेकपा माओबादी निकट अखिल क्रान्तिकारीका सह सचिब हेमन्त जिसीले बैठक पछि बिज्ञप्ती जारी गर्दै नाकाबन्दी खुलाउने बिषयमा सरकार र शिर्ष पार्टीहरुलाई छिटो सार्थक पहल थाल्न आग्रह गर्नुभएको छ । साथै बैठकले असहज परिस्थितीमा सरकार र आन्दोलनरत पक्षलाई सम्यम हुदै मानब अधिकारको रक्षामा लाग्न समेत अपिल गरेको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.