इन्द्रेणी सम्बाददाता
दाङ, १३ मंसिर । भारतिय नाकाबन्दीका बिरुद्ध भन्दै नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओबादीले आह्वान गरेको नेपाल बन्द अपरान्ह ४ बजेबाट खुलेपछि चहलपहल बढेको छ । नेकपा माओबादीले दाङका विभिन्न स्थानमा कोणसभा गर्दै आजका लागि गरिएको बन्द ४ बजेबाट सकिएको भनेर जानकारी दिएको थियो । अहिले गाडिहरु सञ्चालनमा आइसकेका छन भने बजारहरु पनि खुलेका छन् ।
दुई महिना देखी भारतले गरेको अघोषित नाकाबन्दीका बिरुद्ध भन्दै माओबादीले आज नेपाल बन्दको आह्वान गरेको हो । बन्द भनिए पनि दाङका घोराही, तुलसीपुर, लमही, भालुबाङ, नारायणपुर, गढवाका बजारहरुको आंशिक पसलहरु खुलेका थिए ।।