ईन्द्रेनी सम्बाददाता
घोराही ।
नेपाल बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले भारतले गरेको नाकाबन्दीका कारण नेपालका लगानीकर्ताको लगानी डुब्ने खतरा भएको बताउनु भएको छ । घोराहीमा स्थापना भएको ंिभग्रेली भिलेजको उद्घाटन गर्दे उहाले यस्तो बताउनुभएको हो । पछिल्लो चरण भारतले गरेको नाकाबन्दीका कारण नेपालको जनजीबन अस्तब्यस्त भएको बताउँदै तत्काल समस्याको समाधान खोज्न सरकारलाई आग्रह गर्नुभएको भयो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका ढकालले राजनैतिक रुपमा समाधान गर्ने समस्यालाई नागरिकको दैनिक संग जोडेर आन्दोलन नगर्न मधेसबादी मोर्चालाई आग्रह गर्नुभयो ।
पछिल्लो घटना क्रममले ब्यापारी र लगानीकर्ताले राज्यलाई उद्योग धन्दाका चाबी बुझाउनु पर्ने अबस्थामा पुगेको उल्लेख गर्दे तत्काल समस्या समाधन नभएर देशको आर्थिक अर्थतन्त्र ऋिणात्मक तिर धकेनीले बताउँनुभयो । प्रमुख अतिथी ढकालले मेधसीमोर्चाको आन्दोलन मधेसभन्दा बाहिर गरेका कारण नेपालमा अझै ठुलो समस्या आउँने खतरा देखा परेको औल्याउनुभयो । नागरिकलाई राज्यले प्रष्ट रुपमा दिने सन्देश दिन नसेकोका कारण नेपालमा कालोबजारी मौलाएको उल्लेखगर्दे त्यसको तत्काल समस्या समधान गर्ने आग्रह गर्नुभयो ।बारा,पर्सा,रौतहत बिरगंजका अधिकासं उद्योग धन्दा बन्दभएको बताउँदै उद्योगमा कामगर्ने मजदुरको दैनिकी झनै दैनीय बनेको बताउनुभयो । कार्यक्रममा बिशिष्ट अतिथी नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य नरेन्द्र खड्काले नेताको राजनैतिक स्वार्थका कारण ब्यबसायी पिडामा परेको बताउँनुभयो । कार्यक्रममा बोल्दै सञ्चालक समितिका सल्लाकार धुब्रराज श्रेष्ठले झण्डै १८ करोडको लगानीमा सञ्चालनमा आएको होटलमा स्वीमिङ पुल,डिलक्स एसी,रुम, सेमिनार हल, हेल्थ कल्ब सहित एकै पटक एक हजार व्यक्तीलाई सेवा दिन सकिने अबस्था रहेको बताउँनुभयो ।
कार्यक्रमम नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतम,दाङ जिल्ला उद्योग बाणिज्य संघका उपाध्यक्ष नारायण भुसाल, खड्क बहादुर बुढाथोकी, तुलसिपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजाल, जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख कुबेर कडायत, नागरिक समाज दाङका सचिव चन्द्रराजपन्त, राप्ती अञ्चल सार्बजनिक यातायात समितिका अध्यक्ष शुरेर हमाल, नेपाली काग्रेस दाडका सचिब कमलकृष्ण घिमिरे लगायतले आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । होटल सञ्चालक समितिका नरेशराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार सबिन प्रयिासनले गर्नुभयो ।





