इन्द्रेणी सम्बाददाता
दाङ, १४ मंसिर । दाङको घोराही र तुलसिपुरका लागि आज ७२ हजार लिटर डिजेल आउने भएको छ । दिउसो सम्म घोराही र तुलसिपुरका लागि ७२ हजार लिटर डिजेल आउन लागेको नेपाल आयल निगम ईन्धन डिपो कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
उक्त डिजेल घोराही र तुलसिपुर क्षेत्रका पम्पहरुलाई निगमले दिने र उनिहरुले बेलुकाबाट वितरण गर्ने कार्यालयका लेखापाल सूर्यप्रसाद आचार्यले जानकारी दिनुभयो । तर पेट्रोलको भने आउने कुनै निश्चित नभएको आर्चायले वताउनुभयो ।





