इन्द्रेणी सम्बाददाता
काठमाडौ, १४ मंसिर। भारतले गरेको नाकाबन्दीको बिरोधमा काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरिएको छ । राष्ट्रिय स्वाधिनता अभियानले संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोकदेखी सिंहदरबारको पश्चिम गेटसम्म मानव साङ्लो बनाएको हो ।
‘नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ’ भन्ने नारासहित हजारौं नागरिक मानव साङ्लोमा सहभागी भएका छन् । दिउँसो २ बजेदेखि एक घण्टासम्म नागरिक समाज अगुवा, विद्यार्थी राजनीतिक दलका नेता कार्यकर्ताको उपस्थिति थियो ।
हात हातमा राष्ट्रिय झण्डा र स्वाधिनता झल्कने प्लेकार्ड बोकेका नागरिकले स्वाधिनताको रक्षाका लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उता मधेस आन्दोलनको सर्मथनमा वीरगञ्जमा विद्यार्थीले आज मानव साङ्लो प्रर्दशन गरेका छन् ।
मधेसी मोर्चाका कार्यकर्ता धर्नामा बसेको मितेरी पुलबाट वीरगञ्जको परवानीपुरसम्म झण्डै १३ किलोमिटर लामो मानव साङ्लो बनाएर विद्यार्थीले प्रर्दशन गरेका हुन् । प्रर्दशनमा वीर शहिद अमर रहुन, मधेसका माग पुरा गर, बालअधिकार सुनिश्चित गर, हाम्रो भविष्य के हुने ? भन्ने नारा लेखिएका प्लेकार्ड विद्यार्थीले बोकेका थिए ।