इन्द्रेणी सम्बाददाता
जाजरकोट, १४ मंसिर । जाजरकोटमा यस वर्ष धान उत्पादनमा ह्रास आएको छ । प्रतिकुल मौसमका कारण धान उत्पादनमा करिब ९ प्रतिशतले घटेको कृषि कार्यालय जाजरकोटले जनाएको छ । समयमा वर्षात नहुँदा र सिंचाइ असुविधाको कारण धान उत्पादन घटेको हो ।
गत वर्षभन्दा यसपालि धेरै जमिनमा धान खेती गरिए पनि उत्पादन घटेको कार्यालयले जनाएको छ । यस वर्ष ३ हजार ३ सय ६३ हेक्टर जमिनमा गरिएको धान रोपाइँबाट ५ हजार ५ सय ८० मेट्रिक टन धान उत्पादन भएको कार्यालयका बाली संरक्षण अधिकृत मुकेश राम्जालीले जानकारी दिनुभयो ।
गत वर्ष ३ हजार ६२ हेक्टरमा ६ हजार १ सय ८० मेट्रिक टन टन धान फलेको थियो । यसअनुसार जिल्लामा गत वर्ष भन्दा ६ सय मेट्रिक टन कम धान उत्पादन भएको छ । यसैविच धान उत्पादनमा आएको ह्रासले जिल्लामा खाद्यान्न संकट हुने स्थिति देखिएको छ ।
यस वर्ष प्रतिहेक्टरमा १ सय ६५ मेट्रिन टन धान फलेको छ भने गत वर्ष प्रतिहेक्टरमा २ सय १ मेट्रिक टन धान फलेको थियो । जिल्लाका मटेला, दल्ली, कालेगाउँ, कुदु लगाएतका स्थानमा बढी धान उत्पादन हुने गरेको छ । जिल्लामा कुल खेतीयोग्य जमिन २५ हजार ३ सय ८४ हेक्टर मध्य ३ हजार ३ सय ६३ हेक्टर जमिनमा मात्र धान खेती गर्ने गरिएको छ ।।
जाजरकोट, १४ मंसिर । जाजरकोटमा यस वर्ष धान उत्पादनमा ह्रास आएको छ । प्रतिकुल मौसमका कारण धान उत्पादनमा करिब ९ प्रतिशतले घटेको कृषि कार्यालय जाजरकोटले जनाएको छ । समयमा वर्षात नहुँदा र सिंचाइ असुविधाको कारण धान उत्पादन घटेको हो ।
गत वर्षभन्दा यसपालि धेरै जमिनमा धान खेती गरिए पनि उत्पादन घटेको कार्यालयले जनाएको छ । यस वर्ष ३ हजार ३ सय ६३ हेक्टर जमिनमा गरिएको धान रोपाइँबाट ५ हजार ५ सय ८० मेट्रिक टन धान उत्पादन भएको कार्यालयका बाली संरक्षण अधिकृत मुकेश राम्जालीले जानकारी दिनुभयो ।यस वर्ष प्रतिहेक्टरमा १ सय ६५ मेट्रिन टन धान फलेको छ भने गत वर्ष प्रतिहेक्टरमा २ सय १ मेट्रिक टन धान फलेको थियो । जिल्लाका मटेला, दल्ली, कालेगाउँ, कुदु लगाएतका स्थानमा बढी धान उत्पादन हुने गरेको छ । जिल्लामा कुल खेतीयोग्य जमिन २५ हजार ३ सय ८४ हेक्टर मध्य ३ हजार ३ सय ६३ हेक्टर जमिनमा मात्र धान खेती गर्ने गरिएको छ ।।




