ताजा अपडेट

...


राजनीतिक मुद्दामा प्रवेश नै नगरी वार्ता स्थगित



इन्द्रेणी सम्बाददाता

काठमाडौ, १४ मंसिर । मुख्य तीन दल र आन्दोलनरत मधेसी मोर्चाको वार्ता राजनीतिक मुद्दामा प्रवेश नै नगरी सकिएको छ । सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र तराई मधेसमा आन्दोलनरत मोर्चाबीच बालुवाटारमा भएको त्रिपक्षीय वार्ता राजनीतिक मुद्दामा प्रवेश नै नगरी स्थगित भएको हो ।
फाइल तस्वीर 

वार्ताको वातावरण अझै नबनेको भन्दै वातावरण बनाउन पहल गर्ने सहमति भने वार्तामा भएको एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । सरकार र आन्दोलनरत पक्षले वार्ताको वातावरण बनाएपछि पर्सि बेलुकी ६ बजे फेरि वार्ता हुने छ ।

आजको वार्तामा आन्दोलनकारीमाथि सरकारले बल प्रयोग नगर्ने मोर्चाले पनि अन्य दललाई कार्यक्रम गर्न नरोक्ने सहमति भएको एमाले नेता माधवकुमार नेपालले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानका लागि सबै पक्षलाई सकारात्मक ढंगले प्रस्तुत हुन र मुलुकले भोग्नुपरेको समस्यालाई वार्ता र संवादका माध्यमबाटै हल गर्ने उदेश्यका साथ संयुक्त वार्ता आह्वान गर्नुभएको थियो ।

यो वार्तामा प्रतिपक्षी दल नेपाली कांग्रेसका शुसिल कोइराला, शेरबहादुर देउवा लगायत शिर्ष नेता तथा आन्दोलनरत मोर्चाको तर्फबाट तमपोलाका महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अशोक राई र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मलाल कर्ण सहभागी हुनुभएको थियो । मोर्चाका शिर्ष नेता विराटनगरमा रहेका कारण तमलोपा बाहेक अन्य दलबाट दोश्रो तहका नेता वार्तामा सहभागी भएका थिए ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.