ताजा अपडेट

...


दाङमा डिजल आजैवाट वितरण हुँदै




रेखा मगर
दाङ, १४ मंसिर ।  दाङमा आज आएको ७२ हजार लिटर डिजेल जिल्लाका विभिन्न पेट्रोल पम्पवाट वितरण गरिदैछ । आज दिउसो घोराही र तुलसिपुरका लागि आएको ७२ हजार लिटर डिजेल आजै वेलुकीवाट वितरण गरिने नेपाल आयलनिगम ईन्धन डिपो कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

 उक्त डिजेल घोराही र तुलसिपुर क्षेत्रका गरी १९ वटा पम्पहरुवाट वितरण हुन लागेको कार्यालयका प्रमुख विपिन श्रेष्ठले जानकारी दिनुभयो । घोराही क्षेत्रमा अरुणोदय, नेहा, मनकामना, केएसएम, निखिल, ववी, चन्द्रसूर्य, डिके, योगी, भ्याली फ्युलवाट वितरण हुदैछ । यसैगरी नारायणपुरको तिर्थ, मज्गैको जिफिक र तुलसिपुरमा हाम्रो पहुँच, मृनाल, तुलसी व्यापार, राप्ती, सन्जात र भ्यालीबाट उक्त डिजेल आजैबाट बितरण हुने डिपो प्रमुख बिपिन श्रेष्ठले जानकारी दिनुभयो ।

आज डिजल मात्र आएको र पेट्रोल भने नआएको उहाँले वताउनुभयो । यसैविच, डिजेल भर्नका लागि दाङका पम्पहरुमा गाडिहरुको लाईन रहेको छ । ठुला सवारीका साधनहरु इन्धन भर्नका लागि लाईनमा बसेका हुन् ।।


।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.