प्रशान्त ओली
दाङ, ९ मंसिर । दाङमा पेट्रोल भोली आउने भएको छ । आज आउने भनिए पनि लोडिङ गर्ने काम ढिलो भएका कारण भोली मात्रै दाङमा पेट्रोल भित्रिने आयल निगम इन्धन डिपो कार्यालय तुलसीपुरले जनाएको छ ।
आयल निगम नेपालगञ्जको कार्यालयमा दाङका लागि पेट्रोल माग गरी पठाएको ट्याङकरमा लोडिङ गर्न ढिलो भएका कारण भोलि मात्रै पेट्रोल आउने आयल निगम इन्धन कार्यालयका प्रमुख बिपीन श्रेष्ठले जानकारी दिनुभयो । दाङका लागि ४० हजार लिटर पेट्रोल माग गरेपनि कोटा अनुसार मात्र पेट्रोल आउने श्रेष्ठले बताउनुभयो ।
यस्तै डिजेल भने आउने अझै निश्चित नरहेको आयल निगम इन्धन डिपो कार्यालय तुलसीपुरले जनाएको छ । दाङमा अहिले हप्ता दिनको अन्तरमा न्युन मात्रमा पेट्रोलियम पदार्थ भित्रिने गरेको छ । दैनिक ४० हजार लिटर डिजेल र हप्तामा ४० हजार लिटर पेट्रोल खपत हुने गरेको थियो ।
तर नाकाबन्दीका कारण पेट्रोलिमय पदार्थको चरम अभाब भएपछि अहिले कम मात्रमा सवारीका साधनहरु सञ्चालन भएका छन । ईन्धनको अभाबका कारण दैनिक जीवन यापनमा नेपालीहरुले कष्ट भोगी रहेका छन ।।