प्रशान्त ओली
दाङ, ९ मंसिर । सेराजेम हेल्थ केयर नेपालले दाङको घोराहीमा निशुल्क थेरापी सेवा दिईरहेको छ । स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले दाङको घोराहीमा यहि मंसीर २ गते देखि निशुल्क रुपमा थर्मल थेराफी सेवा प्रदान गरिरहेको केयर नेपालले बताएको छ ।
अहिलेसम्म दाङ घोराही क्षेत्रका चार सय ५६ जनाले सेवा लिएको केयर नेपालका गणेश राईले बताउनुभयो । टाउको, ढाड, नाक, कान, घाँटी दुख्ने, महिलाको पाठेघर समस्या भएकाहरु, बाथ भएकाहरुले थेराफी सेवा लिईरहेको बताईएको छ । सेवा लिएका बिरामीले उपचार राम्रो भएको बताएका छन ।
केयर नेपालले निशुल्क गर्दै आएको थेराफी गर्दा प्रतिब्यक्ती ८० रुपैंया देखि एक सय ६० रुपैंया सम्म लाग्ने राप्ती उपक्षेत्रिय अस्पतालका मेडीकल सुपरिडेण्डेण्ट डाक्टर बिकास देबकोटाले बताउनुभयो । उता, दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले सेवा दिईरहेको बारे आफुहरुलाई कुनै जानकारी नभएको बताउनु भएको छ ।
जनताको स्वास्थय संग जोडिएको कार्यक्रम सञ्चालन गर्दा प्रशासनलाई जानकारी गराउनु पर्ने प्रमुअ जिल्ला अधिकारी पौड्यालले बताउनुभयो । यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय दाङले पनि आफुहरुलाई कुनै जानकारी नभएको बताएको छ ।।

![]() |
| तस्वीर :- प्रशान्त ओली |