ताजा अपडेट

...


सुरु भयो महिला हिंसा बिरुद्धको बिषेश अभियान



रेखा मगर 
दाङ, ८ मंसिर ।   महिला हिंसा बिरुद्धको १६ दिने अभियान आजदेखि शुरु भएको छ ।महिलाको क्षेत्रमा काम गर्ने बिभिन्न संघसंस्थाहरुले दाङ लगाएत देशैभर कार्यक्रमको आयोजना गरी महिला हिंसा बिरुद्धको १६ दिने अभियान सुरु गरेका छन । दिबसको अबसरमा दाङमा पनि आज ¥याली र छलफल कार्यक्रम सम्पन्न भएको छ ।

घोराहीको ट्राफिक चोकवाट सुरु भएको महिलाहरुको ¥याली, न्युरोड, दामोदर चोक र तुलसीपुर चोक हुँदै पत्रकार महांसंघको हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । महिला तथा बालबालिका कार्यालय प्रमुख विना श्रेष्ठको अध्यक्षता, दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालको प्रमुख आतिथ्यता तथा दाङका प्रहरी प्रमुख कुवेर कडायतको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

लैंगिक हिसा अन्त्यका लागी प्रत्येक व्यक्ति सजग हुनुपर्ने दाङमा आयोजित एक कार्यक्रमका सहभागीहले जोड दिएका छन । कार्यक्रमका सहभागीहरुले व्यक्ति, घर, समाज, कर्मथलो, र समाजमा सचेतना जगाउन सकेमा महिला हिंसाका घटनामा न्युनिककरण हुुने वताएका छन ।

महिला तथा बालबालिका कार्यालय, ओरेक नेपाल, महिला मानब अधिकार रक्षक सञ्जाल, सामुदायिक महिला सेवा केन्द्रले १६ दिनसम्म कार्यक्रम गर्ने भएका छन । १६ दिन सम्म दाङमा सचेतना ¥याली, छलफल, अन्तरक्रिया, प्रतियोगिता, पर्चा बितरण गरीने छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.