ताजा अपडेट

...


हिंसा अन्त्यका लागि सबैको सहकार्य आवश्यक



                                                                                                 फोटो -ऋतुविचार
 इन्द्रेणी सम्वादाता मंसिर ९ दाङ        दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले लैङ्गीक हिंसाले महिला पुरुष कसैको पनि भलो नगर्ने बताउनुभएको छ । लैङ्गीक हिंसा अन्त्य तथा लैङ्गीक सशक्तिकरण जिल्ला समितिका संयोजक समेत रहनुभएका पौड्यालले लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन कार्यक्रममा लैङ्गीक हिंसा न्यूनिकरण गर्नका लागि सवैको साझा प्रतिवद्धता आवश्यक रहेको बताउनुभएको थियो ।

अहिले समाजमा पुरुषहरुवाट महिला लैङ्गीक हिंसामा पर्ने गरेको भन्दै संयोजक पौड्यालले त्यस्ता घट्नाहरुलाई कमि गर्नका लागि महिलाहरु शाररिक,मानसिक तथा सामाजीक रुपमा सक्षम हुनुपर्ने समेत बताउनुभएको थियो । अहिले पुरुषहरुको तुलनामा महिलाहरुले ९९ प्रतिशत महिलाहरु लैङ्गीक हिंसामा पर्ने गरेको समेत बताउनुभएको थियो । लैङ्गीक हिंसा न्यूनिकरणका लागि महिलाहरुको मुलप्रवाहिकरणमा जोडदिदै राज्यसँगै अन्य निकायहरुमा समेत महिलाहरुको समान प्रतिनिधित्वको आवश्यकता रहेको बताउनुभएको थियो । त्यस्तै पौड्यालले नेपाली समाज परम्परागत सामाजीक मुल्य मान्यतामा रहेका कारण पनि महिला हिंसा न्यूनिकरण हुन नसकेको बताउनुभएको थियो ।
महिला हिंसा न्यूनिकरणका लागि नितीगत कानुनी व्यवस्थासँगै शिक्षाको स्तरलाई समेत बढाउनुपर्ने बताउनुभएको थियो । चोकमा त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कुवेर कडायतले महिला हिंसा न्यूनिकरणका लागि सवैभन्दा पहिलो मानिस सक्षम हुनुपर्ने बताउनुभएको थियो । अहिले पनि हाम्रो समाजमा छोरा जन्मदा खुशी हुने तर छोरी जन्मदा दुखी हुने परम्परा रहेको प्रहरी प्रमुख कडायतले त्यस्तो विभेद अन्त्यका लागि स्वयम व्यक्तिवाटै सुरुहनुपर्ने बताउनुभएको थियो । महिला हिंसा न्यूनिकरणक लागि परिवार आमावुवा,परिवार र समाजमा सकारात्मक परिवर्तनको सुरुवात हुनुपर्ने बताउनुभएको थियो । त्यस्तै कार्यक्रमा बोल्ने अन्य बक्ताहरुले महिला हिंसा न्यूनिकरणका लागि सचेतना मुलक कार्यक्रमहरुसँगै कानुनी व्यवस्थालाई बलियो बनाउनुपर्ने बताउनुभएको थियो ।
कमजोर कानुनी व्यवस्थाका कारण महिलाहरुले न्यान पाउन नसकेका गुनासो समेत गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष लक्ष्मी आचार्य,सौभाग् महिला बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष हुमा डिसी लगाएतकाले बोल्नुभएको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.