ताजा अपडेट

...


दृष्टीकोण फरक भएपनि समाचारीय तथ्य फरक हुनु हुदैन



 
                                                                                                     फोटो - ऋतुविचार
इन्द्रणी सम्वादाता
मंसिर ९ दाङ    नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाँउलेले विद्यमान नेपाली पत्रकारितामा थप दायित्वको खाँचो थपिएको औल्याउनु भएको छ, पत्रकार देश विकासको  आधार  भएकोले विद्यमान मुलुकको विषम परिस्थितिको अन्त्यको लागि थप गम्भीर हुनु पर्ने  बताउनु भएको छ ।  नेपाल पत्रकार महासंघ दाङको बुधबार घोराहीमा भएको  विशेष बैठक सम्बोधन गर्नेक्रममा उहाँले यस्तो बताउनु  भएको हो ।
पत्रकार कहिले पनि कसैको नहुने भन्दै तथ्यमा टेकेर पत्रकारिता गरिनुपर्ने सुझाव दिनुभयो ।  पत्रकारको दृष्टीकोण फरक भएपनि तथ्य कहिले फरक नहुने भएकोले  तथ्ययमा टेकेर पत्रकारितालाई अगाडि बढाउन क्रियाशिल पत्रकारहरुलाई सुझाव दिनुभयो । विद्यमान मुुलुकको विषम परिस्थिति अत्यन्तै जटिल भएकोले यस्को समाधानको लागि तथ्यतामा आधारिता पत्रिकारिताको खाँचो भएको उहाँको विचार छ ।  पत्रकारको दैनिकी जीवनको सवाल मात्र नभएर मुलुकको सवाल भएकोले समुदाय जात क्षेत्र विशेष भन्दा पनि राष्ट्र र मुलुकको हितको निम्ति त्याग गर्ने बेला आएको बताउनु भयो ।  राष्ट्रिय एकता र सद्भावको लागि सबै खाले घटनाको तथ्यलाई तलमाथि नगर्न सुझाउदै सामाजिक दायित्वको वहन गर्न आग्रह गर्नुभयो । मुलुक असहज परिस्थितिमा गुज्रिरहेकोले सबैको भावनालाई समाचारमा समेट्न सुझाव दिनु भयो ।
सबैको भावनाको सम्बोधन हुन सके पत्रकार कहिले पनि कसैको नहुने जिकिर गर्दै मुलुकभित्रको असहजतालाई हल गर्न  पत्रकारको अहम जिम्मेवारी भएको दावी गर्नुभयो । पत्रकारको  दृष्टीकोण फरक भएपनि समाचारमा तथ्यलाई कहिल्यै नलुकाउन नहुनु बताउनु भयो ।  त्यसैगरि प्रेस काउन्सिलका पूर्व अध्यक्ष तथा निवर्तमान राष्टपति रामबरण यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहाल र  प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले महासंघको नयाँ कार्यक्रमको शुभकामनासहित पत्रकारको जिम्मेवारी र दायित्वको विषयमा बोल्नु भएको थियो । महासंघ दाङका पूर्व अध्यक्षहरु प्रताप रेग्मी केवी मसाल र  महासंघ सम्वद्ध अन्य पत्रकारहरुले महासंघको आगामी कार्यक्रमको विषयमा टिप्पणी सहित सुझाव सल्लाह दिनु भएको थियो ।

प्रेस पास सहज बनाउन महासंघ दाङ अध्यक्ष गौतमको आग्रह 
नेपाल पत्रकार महासंघ दाङ शाखा  अध्यक्ष सुदिप गौतमले श्रमजीवि पत्रकारहरुको लागि सूचना विभागको प्रेस पास सहजै जिल्लामा उपलब्ध गराउनु पर्ने बताउनु भएको छ ।  महासंघको विशेष वैठकको अध्यक्षता गर्नु भएका गौतमले मोफसलमा खटिने पत्रकारले प्रेस पास ल्याउन त्यत्ति सजिलो नभएको बताउदै  जिल्लामै सहज उपलब्ध गराउन आग्रह गर्नु भयो ।
दुर्घटना विमाका लागि प्रेस पास जरुरी हुने भएकोले त्यस्को सहज उपलब्ध हुने व्यवस्थाको लागि पहल गरिदिन  महासंघका पूर्व अध्यक्ष शिव गाँउले र प्रेस काउन्सिल पूर्व अध्यक्ष राजेन्द्र दाहाललाई विशेष अनुरोध गर्नु भएको छ  ।   विशेष बैठकमा अध्यक्ष गौतमले महासंघ दाङको भौतिक पूर्वाधार, संस्थागत विकास, प्रकासन लगायतका कार्यक्रमको जानकारी दिनु भएको थियो, महासंघको प्रस्तावित कार्यक्रमको सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा समेत गर्नु भएको छ ।
घाइते पत्रकारलाई राहात 
नेपाल पत्रकार महासंघ दाङ शाखाले सडक दुघर्टनामा परि घाइते हुनु भएका क्रियाशिल पत्रकारहरुलाई  जनही दश ÷ दश हजार रुपैया राहात उपलब्ध गराएको छ, । राहात पाउनेमा सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार सुशिल बस्नेत, गोरक्ष राष्टिय दैनिकमा कार्यरत बालाराम खड्का र नयाँ युगबोध दैनिकमा कार्यरत तथा इन्द्रेणी अनलाईनका कला सम्पादक पाण्डव शर्मालाई राहत स्वरुप नगद सहयोग गरेको हो । पत्रकार द्ववय बस्नेत र खड्का गत वर्षमा घाइते हुनु भएको थियो भने शर्मा भर्खरै तुल्सीपुर टरिगाँउमा मोटरसाइकल दुर्घटनामा परि  हाल उपचारर्थ हुनुहुन्छ ।


।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.