ताजा अपडेट

...


यति धेरै महिला हिंसाका घटना ?



रेखा मगर
दाङ १०मंसिर  दाङमा एक वर्षको अवधिमा महिला हिंसाका १ सय ५९ वटा घटना दर्ता भएको ओरेक नेपालले बताएको छ । ओरेक दाङको तथ्याङक अनुसार २०७१ साउन देखि २०७२ असार सम्म दाङमा विभिन्न प्रकृतिका महिला हिंसा सम्बन्धी एक सय ५९ वटा घटना दर्ता भएका छन ।
घटनामध्य सवैभन्दा वढि घरेलु हिंसा र सवभन्दा कम वेचविखन सम्वन्धी हिंसा भएको ओरेकले बताएको छ । जस अन्तर्गत १ सय ८ वटा घरेलु 


हिंसा, ११ वटा यौनजन्य हिंसा भएको ओरेक दाङ जिल्ला संयोजक लक्ष्मी अ¥र्यालले जानकारी दिनुभयो ।
यसैगरी महिला माथीको सामाजिक हिंसा ७ वटा, वेचविखन १, वलत्कार ४ र वालविवाह सम्वन्धि ६ घटा घटना भएको उहाँले वताउनुभयो । यसवर्ष सार्वजनिक भएका महिला हिंसा मध्य घरेलु हिंसाका घटना वढि भएको र त्यो हुनुमा घरपरिवार नै कारक रहेको तथ्याङकले देखाएको छ । दिबसको अबसर पारेर महिलाका समस्या र अधिकारका आवाज उठाईएपनि खासगरी महिलाहरुको समस्यामा सुधार नआएको देखिन्छ । कुनै न कुनै रुपले महिला माथी हिंसा भैरहेको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.