ताजा अपडेट

...


दाङमा आज ७२ हजार लिटर ईन्धन आउदै




रेखा मगर
दाङ, १०मंसिर  दाङमा आज ७२ हजार लिटर ईन्धन आउदै छ । घोराही र तुलसीपुरका लागी ५२ हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोल आउन लागेको आयल निगम इन्धन डिपो कार्यालय तुलसीपुरले जनाएको छ ।आयल निगम नेपालगञ्जको कार्यालयमा दाङका लागि माग गरी पठाएकोईन्धन आज वेलुकीसम्म आईपुग्ने कार्यालयका प्रमुख बिपीन श्रेष्ठले जानकारी दिनुभयो ।
७२ हजार ईन्धन दाङकोघोराही र तुलसीपुरका विभिन्न पेट्रोल पम्पवाट वितरण गरिनेछ । डिजल आजै वेलुकीवाट र पेट्रोल भोली विहानवाट वितरण सुरु गरिने तयारी रहेको इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख श्रेष्ठको भनाई छ । जिल्लामा ईन्धन ल्याउने विषयमा पहल जारी राखिएको कार्यालयले वताएको छ । नाकाबन्दीका कारण पेट्रोलिमय पदार्थको चरम अभाब भएपछि अहिले कम मात्रामा सवारीका साधनहरु सञ्चालनमा छन ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.