ताजा अपडेट

...


खेती योग्य जमिन अधिकतम उपयोग गर्नुपर्ने



रेखा मगर
दाङ ७ मङ्सिर । खेती योग्य जमिनको अधिकतम उपयोग गर्दै परनिर्भरतालाई हटाउनुपर्ने आज घोराहीमा आयोजित एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् । खाद्य अधिकारको प्रबद्र्धन गर्नका लागि पनि खेती योग्य जमिनको उपयोग गर्दै उत्पादनमा बढवा दिनु पर्ने उनिहरुको जोड छ ।

खाद्य अधिकार सञ्जाल दाङको आयोजना र फ्लान नेपालको संयोजनमा आज देखि दाङको घोराहीमा भएको खाद्य अधिकारका सवाल बिषयक दुई दिने तालिम उद्घाटन कार्यक्रमका सहभागिहरुले उत्पादनलाई बढाउदै परनिर्भरतालाई हटाउनु पर्नेमा जोड दिएका हुन् ।

दिन प्रतिदिन खेतियोग्य जमिन मासिदैं जाँदा खाद्य उत्पादनमा कमी आएको भन्दै विदेश पयालन हुने र यहाँ जमिन बाँझो हुने परम्परालाई तोड्न आबश्यक रहेको सहभागिहरुको धारणा छ । साथै खाद्य अधिकारको पहुँचमा अभिबृद्धी गर्दै सरकारले कृषिमा सहुलिय दिदै व्यवसायीक बन्ने तर्फ किसानहरुलाई अग्रसर गराउनु पर्ने उनिहरुको भनाई छ ।

सञ्जालका जिल्ला अध्यक्ष हुमा डिसीको अध्यक्षता र फ्लान नेपालका क्षेत्रिय निर्देशक सुरेश गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घोराही सिमेन्ट उद्योग प्रभाबित सरोकार समितिका अध्यक्ष भरत देवकोटा, नेपाल पत्रकार महासंघ दाङकासदस्य प्रशान्त वली लगाएतले परनिर्भरतालाई हटाउन कृषिमा लगानी र सहभागितमा जोड दिनुभयो ।

तालिममा खाद्य अधिकार र उत्पादन बढाउदै परनिर्भरतालाई हटाउने विषयहरुमा छलफल हुने भएको छ । तालिममा २० जनाको सहभागिता रहेको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.