![]() |
रेखा मगर
दाङ, ७ मंसिर । दाङमा आज ५२ हजार लिटर डिजेल आएको छ । आज दिउसो आएको ५२ हजार लिटर डिजल दाङका घोराही र तुलसीपुर क्षेत्रका विभिन्न पेट्रोल पम्पवाट आजैदेखी नै वितरण सुरु गरिने नेपाल आयल निगम इन्धन डिपो कार्यालय तुलसीपुरले जनाएको छ ।
कार्यालय प्रमुख विपिन श्रेष्ठका अनुसार घोराही क्षेत्रमा डिके, अरुणोदय, योगी, मनकामना, चन्द्रसुर्य र निखिल पेट्रोल पम्पवाट वितरण गरिने छ । यसैगरी तुलसीपुर क्षेत्रका सुर्य, सन्जात, तिर्थ, जिफिक, मृनाल, हाम्रो पहुँच, भ्याली र तुलसी पेट्रोल पम्पवाट वितरण गरिने श्रेष्ठले जानकारी दिनुभयो ।
तुलसीपुर क्षेत्रका मृनाल, हाम्रो पहुँच, भ्याली र तुलसी पेट्रोल पम्पमा ३÷३ हजार दरले डिजल उपलव्ध गराईएको छ भने वाँकि अन्य सवै पेट्रोल पम्पमा ४÷४ हजार लिटर डिजल उपलव्ध गराईएको छ । यसैविच, दाङमा पेट्रोल ल्याउने विषयमा पहल थालिएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।।





