इन्द्रेणी सम्बाददाता
दाङ ७ मङ्सिर । दाङको घोराही नगरपालिका २ गुलरियामा नमुना क्लवको गठन गरिएको छ । सामाजिक बिकास गर्ने र संस्कृतीको जर्गेना गर्ने उदेश्यले क्लव गठन गरिएको छ ।
स्थानिय बयोबृद्ध रत्नबहादुर पुरीको अध्यक्षता तथा प्राध्यापक डाक्टर बिनबहादुर सिँह ओलीको प्रमुख आतिथ्यमा बाह्रकुने दहमा सम्पन्न गुलरियावासीहरुको एक भेलाले कमल ओलीको अध्यक्षतामा ११ सदस्सीय क्लव गठन गरिएको हो ।
क्लवको उपाध्यक्षमा भिमप्रसाद पौडेल,सचिवमा बिमल योगी,सहसचिवमा डोमा केसी र कोषाध्यक्षमा माधव देवकोटा रहनुभएको छ । यस्तै सदस्यहरुमा बिश्व पौडेल,सपना भण्डारी, पुष्पा आचार्य, खड्गबहादुर रावत, कमला नेपाली र पूर्ण गिरी रहनुभएको छ ।
भेलाले प्राध्यापक डाक्टर बिनबहादुर सिँह ओली, भुपाल केसी, गेहेन्द्र नेपाली, रेश्मा आचार्य, दानबहादर दशौदी, मदन श्रेष्ठ र शिवा भण्डारीलाई सल्लाहकारम ाचयन गरेको छ । भेलाको सहजीकरण क्लवका सचिव बिमल योगीले गर्नुभएको थियो ।।





