ताजा अपडेट

...


दुई सय सवारी साधन सञ्चालनमा आउन सकेनन



इन्द्रेणी सम्बाददाता 
परासी, ७ मड्सिर । नवलपरासीमा मध्य नेपाल यातायात व्यवसायी समितिसँग आबद्ध करिब २०० भन्दा बढी सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।

मधेसी मोर्चाको बन्दका कारण जिल्लामा सञ्चालित समितिका माइक्रो बस, बस, जिप र अन्य सवारी साधन बन्द भएका हुन् । आन्दोलनका कारण करिब तीन महिनादेखि समितिमा आबद्ध सबै सवारी साधन दसैँतिहार र छठसम्म करिब एकसाता सञ्चालनमा आए पनि अहिले फेरि बन्द भएका मध्य नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिनुभयो ।

सवारी साधन सञ्चालन हुन नसक्दा बंैकको ब्याज किस्तासमेत बुझाउन समस्या भएको र दैनिक गुजारा चलाउने यातायातकर्मीसमेत मारमा परेको उहाँले बताउनुभयो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.