ताजा अपडेट

...


समस्या समाधान गर्न माग



इन्द्रेणी सम्बाददाता

घोराही,२ मंसिर । लामो समयको नेपाली जनताको चाहना सविधानसभावाट संविधान जारीसँगै देशमा शान्ति हुनुपर्ने भएपनि केही दलका कारण देश असहज परिस्थीतिमा फस्नका साथै उपभोग्यवस्तुको अभावका कारण जनता मारमा परेको भन्दै नेपाली काग्रेस दाङले बार्ता र संवादका माध्यवाट समस्या समाधानका लागि सरकारसँग अनुरोध गरेको छ ।
      नेपाली काग्रेस दाङका सभापति घनश्याम रेग्मीले एक विज्ञप्ती निकालीले संविधान जारीपछि देश लोकतान्त्रीक मार्गवाट समृद्धिको दिशामा लाग्नुपर्ने भएपनि केही दलका कारण असहज परिस्थीतिको सृजनाभै देश जनताहरु नाकाबन्दीको मारमा परी पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको समेत अभावका कारण समस्या भोग्न बाध्य भएकाले  सार्थक बार्ताका माध्यवाट समस्या समाधानका लागि गम्भीर हुन अनुरोध गर्नुभएको छ ।  देशमा देखिएका समस्या समाधानका लागि मधेशी,थरु,जनजातिहरुले उठाएका जायज मागहरु सम्वोधन गर्दै समस्या समाधन गरी देशमा देखिएको असहज परिस्थीतिको अन्त्य गर्न समेत अनुरोध गर्नुभएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.