ताजा अपडेट

...


लैङिगक सम्वेदनशिलतामा ध्यान दिन आवश्यक



तालिम समापन पछि सामुहिक तस्विर खिच्दै महिला पत्रकार
दाङ, २ मंसिर
सञ्चार माध्यममा प्रशारण गरिने सुचना र समाचारमा भाषागत तथा लैङिगक सम्वेदनशिलताका कुरामा विशेष ध्यान दिन आवश्यक रहेको दाङका सञ्चार अगुवाहरुले वताएका छन । सञ्चार माध्यमवाट प्रशारण तथा प्रकाशन हुने समाचार र सुचनामा लिंगका आधारमा विभेद हुने खालका कुराहरु समावेश नगर्न उनीहरुको सुझाव छ ।

आज दाङको घोराहीमा जिल्लाका रेडियोमा कार्यरत पत्रकार महिलाहरुहरुका लागी लैंगिक सम्वेदनशिलता सम्वन्धी २ दिने तालिम समापन तथा दाङका रेडियो प्रमुखहरुसंगको छलफल कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन । क्रियाशिल पत्रकार महिला केन्द्रिय समिति र अस्मिता सञ्चार संस्थाको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रममा सहभागी सञ्चार अगुवाहरुले आफ्ना सञ्चार गृहमा लैंगिक सम्वेदनशिलतालाई ध्यान दिदै भाषागत र पेशागत कुरामा विशेष ख्याल गर्न सुझाव दिएका हुन ।

समाजमा सञ्चारमाध्यको महत्वपुर्ण भुमिका रहने भन्दै उनीहरुले सकारात्मक कुराहरु मात्र वाहिर ल्याउनुपर्नेमा जोड दिएका छन । दाङका रेडियोहरुमा महिला सहभागिता वढ्दै गएपनि दिर्घकालिन रुपले टिकेर काम गर्ने वातावरण भने वन्न नसकेको उनीहरुको भनाई छ । त्यसका लागी उचित वातावरण, लगानी, सामुदायिक रेडियोले निर्माण गरेको सञ्चार नीतिको प्रभावकारी कार्यान्वयन, दुर्घटना विमा र उचित पारिश्रमिक उपलव्ध हुनुपर्नेमा सहभागीहरुको जोड थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले महिलाहरुलाई सञ्चार गृहमा काम गर्दा भएका समस्यावारे अहिलेसम्म महासंघमा कुनै त्यस्तो उजुरी भने नआएको जानकारी दिनुभयो । यस्तै रेडियो मध्यपश्चिमका अध्यक्ष माधवप्रसाद शर्माले पत्रकार महिलाहरुपनि आफ्ना अधिकारका लागी अवसर खोज्दै शसशक्त हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा सहभागीहरुले सञ्चार माध्यममा लैगिकताको विषयलाई आत्मसाथ गर्दै उचित बातावरण निर्माणमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिएका छन । उक्त तालिममा दाङका विभिन्न रेडियोमा कार्यरत २४ जना पत्रकार महिलाहरुको सहभागिता रहेको थियो भने प्रशिक्षकमा क्रियाशिल पत्रकार महिलाका केन्द्रिय अध्यक्ष सुभेच्छा बिन्दु तुलाधर र उपाध्यक्ष अमिका राज्थला रहनुभएको थियो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.