ताजा अपडेट

...


कालोवजारी गर्नेलाई कारबाही गर्छौ विप्लप माओबादी



रेखा मगर
दाङ, २ मंसिर । बिप्लव निकट नेकपा माओवादी दाङले नाकावन्दीको विरोध गर्दै यसको मौकामा कालोवजारी गर्नेहरुलाई कारवाहीको माग गरेको छ । जिल्ला समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सो पार्टीले पारवहन अधिकारलाई कुण्ठित गर्दै भारतले गरिरहेको नाकाबन्दीको सशक्त विरोध गरेको छ । जिल्ला सक्रेटरी शीतलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नाकाबन्दीको विरोधमा देशवासीलाई नै एकजुट हुन आग्रह गर्नुभएको छ ।

विज्ञप्तीमा यस्तो वेला एकआपसमा सहयोग आदानप्रदान हुुनपर्नेमा कालोबजारी, भ्रष्टाचार र महंगी मौलाएको भन्दै सम्वन्धित निकायले त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गरिएको छ । नाकाबन्दीको असरलाई अवसर ठानी वजारमा भएका कालोवजारी, महंगीजस्ता कामप्रति ध्यानाकर्षण गराउँदै यस्ता कार्य नरोकिए आफुहरु कडा कारबाहीमा उत्रिने माओवादीले जनाएको छ ।

 साथै, माओवादीले गत कार्तिक २३ गते दाङको चौपट्टामा भारतीय नम्बर प्लेटको गाडीमाथि गरिएको आगजनीको जिम्मा लिएको गरिएको छ । नेकपा माओवादी राप्ती उपब्युरोले आग्जनीको जिम्मा लिएको विज्ञप्तीमा उल्लेख छ । सो घटनापछि प्रशासनले आफ्ना कार्यकर्ताहरुलाई धरपकडको कोशिस गरिरहेको भन्दै यस्ता गतिविधि रोक्न र राष्ट्रियताको संघर्षमा आँच नपु¥याउन आग्रहसमेत गरेको छ । यसैगरी वैठकले कार्तिक १६ गते तुलसीपुरमा सवारी दुर्घटनामा परी निधन भएका पार्टीका जिल्ला सदस्य श्यामलाल विकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.