पछिल्लो समय नेपाली गीत सङ्गित क्षेत्रमा थुप्रै नवप्रतिभा हरु भित्रिएका छ्न। ति मध्ये कति यहि क्षेत्रमा स्थापित हुन्छन त कति बिस्थापित। यहि मध्यकी एक नव प्रतिभा हुन नायिका , मोडेल तथा नृत्याङ्गना सुर्खेतकी बिनु खड्का।
दर्जनौं नेपाली मुभी तथा गीत हरुमा नृत्य गरिसकेकी चर्चित नृत्याङ्गना तथा मोडेल बिनु खड्का यतिखेर एक फरक पारिवारिक सामाजिक चलचित्र रोल्पा रोग लिएर छिट्टै आम दर्शक माझ आउदैछिन।
रोल्पा रोग खास गरि नेपाली जनयुद्धको समयमा त्याहाका युवाहरुले भोग्नुपरेको पिडा तथा नारीको वेदनालाई मुख्य कथावस्तु बनाएर तयार पारिएको चलचित्र हो ।
युद्ध आफैमा पिडादायिक र नमोठो हुन्छ। तर पनि आफ्नो अधिकार प्राप्तिका लागी नेपाली हरु डटेर लाग्छन भन्ने कुराको उदाहरणको रुपमा देखिएको रोल्पा रोग यहि फागुन १४ बाट अलनेपाल रिलीज हुदैछ ।
गाउले परिवेशमा स्थानीय भेषभुषा तथा भाषा संस्कृतीमा निर्माण गरिएको यो चलचित्र आम दर्शकमाझ लोकप्रिय हुने नायिका बिनुको विश्वास छ। त्यसमा नवनायिका खड्का इमानदार गाउले केटीको भुमिमा छिन। दाङकै युवा निर्देशक दिपक वलीको निर्माण निर्देशनमा तयार भएको यो चलचित्रमा शुशिल पोख्रेल, शिशिर भन्डारी, कुलदिप अधिकारी ,जनक थापा लगाएतको मुख्य भुमिका रहेको छ । फिल्म चर्चित हुने नायिका खड्काको आशा निराशा नहोस।







