ताजा अपडेट

...


शैक्षिक सुधारमा सहकार्यको आवश्यक्ता



यादव गिरी

शिक्षा जिवनको सवै भन्दा महत्वपूर्ण पक्ष हो । आजको शिक्षाले दस वर्ष पछिको मुलुकको भविश्यलाई निर्देशित गरीरहेको हुन्छ । प्रायजसो यूरोपियन मुलुकहरुमा भविश्यमा मुलुकलाइ जुन रुपमा लैजाने हो, वर्तमानमा त्यही अनुरुपको शिक्षा आफ्ना नागरीकहरुलाई प्रदान गरीरहेका हुन्छन । तर हाम्रो परीवेसलाई हेर्ने हो भने यहाँ शिक्षा प्रति कोही पनि त्यती संवेदनसील भएको पाईदैन । यसको व्यवस्थापनमा प्रमुख दायित्व यद्यपी राज्यको हुन्छ, तर राज्यको प्राथमिकता शिक्षा भन्दा पनि अन्य क्षेत्र अलिक वेसि रहेको छ ।
    यसले पनि यो मुलुकको भविश्यलाई त्यति सुनिस्चित गर्दैन । यो भनिरहदा सवैमा निरासा छाउला तर वास्तविकता यहि हो । अहिले जुन किसीमको वातावरणमा हामीले शिक्षा हासील गरीरहेका छौं, यसले कालान्तरमा सृजनाविहीन नागरीकको उत्पादन गर्ने छ । अव तपाई आफै भन्न सक्नुहुन्छ, श्रृजनाविहीन नागरीकले कसरी यो मुलुकको विकासमा योगदान पु¥याउछ भनेर । यदि साच्चिकै हेर्ने हो भने , अहिलको हाम्रो शिक्षण विधि भनेको शिक्षकले रेकर्ड गरेर राखेको कुरालाई कक्षा कोठामा गएर वजायको मात्र हो । शिक्षक एकतर्फि तवरले आफु वज्छ, कडा अनुशासनको घेरामा रहेका विद्यार्थीहरु सुन्छन । यसैको आधारमा विद्यार्थीको ल्याकत जाँच गरीन्छ । जसले शिक्षककै अनुसरण गरेको हुन्छ, उसले सर्वोच्च अङ्क ल्याउदछ, शिक्षकको अनुसरण नगर्ने विद्यार्थी पछि पर्दछ । यो कस्तो हाम्रो शिक्षण विधि र ल्याकत जाँच प्रणाली । तसर्थ अव दुवैमा परीवर्तन आउनै पर्दछ । अन्य पक्षवाट परीवर्तनको आशा र भरोसा गर्नु भन्दा अव शुरुवात आफैवाट गर्न आवश्यक रहेको छ ।
विद्यार्थीको क्षमता कती छ भन्नु भन्दा पनि शिक्षकको वुझाउने र सिकाउने क्षमता कती छ भन्ने महत्वपूर्ण रहन्छ । अर्थात विद्यार्थीको भविश्य संग गासीयको पक्ष भनेको शिक्षकको सिकाउने क्षमता हो । एउटा सामान्य उदाहरण लीए पुग्छ । एक जना शिक्षकले “ए” फर “एप्पल” सिकाउदा शव्दलाई घोकायर मात्र सिकाउदछ । तर अर्को शिक्षकले “ए” फर “एप्पल” सिकाउदा सचित्र खेलको माध्ययमवाट सिकाई प्रकृयामा सहभागि रहनुकासाथै “ए” वाट आउने अन्य शव्दहरुको ज्ञान समेत दीलाउछ भने पहिलो भन्दा दोसा्रे शिक्षकको सिकाई बढि प्रभावकारी हुन जान्छ । यहिनै हो सुधार । अहिले सम्मको सिकाई जहिले पनि परम्परावादी मात्र रहेको छ । हिजको वैदिक कालमा गुरुहरु वोल्ने, चेला हरु सुन्ने परम्पराको निरन्तरतानै आजको शिक्षण पद्धती वनेको छ । यसमा अव परिवर्तन आउनै पर्दछ । यद्यपी परीवर्तनका संकेतहरु नआएका हैनन् । तर नगन्य मात्रामा रहेका छन । यो संख्यामा वृद्धि हुनुपर्दछ भन्ने हो । परीवर्तनलाई आत्मसाथ गर्न गा¥हो हुनु स्वभाविकै हो । तर आफुमा आउने जटिलतालाई लिएर मुलुकको भविश्यनै समाप्त पार्नु न्याय संगत भने होइन । यसको तात्पर्य अव सवै भन्दा पहिले आफुमा परिवर्तन ल्याउनु पर्दछ, तत् पश्चात क्रमस परम्परागत शिक्षण सिकाईलाई परीवर्तन गर्दै जाने अभियानमा सहयोग पु¥याउनु पर्दछ । यो अव सवै नागरीकहरुको दायित्व र कर्तव्य वनेर रहेको छ ।
अव अलिक परम्परागत शिक्षण विधि र अहिलेको अवस्थामा प्रभावकारी मानिएको खेलका माध्ययम वाट गरीने शिक्षण विधिलाई नजिक वाट नियाल्ने प्रयास गरौं । परम्परागत शिक्षण विधिको संरचना हेर्ने हो भने हरेक निस्चित समय पस्चात शिक्षकहरु परिवर्तन हुनुपर्दछ । यसलाई गहीरीयर हेर्ने हो भने शिक्षक परीवर्तन हुदावखत लाग्ने समय अन्दाजि ५ मिनेट, दिनभरको गनणा गर्ने हो भने करीव आधा घण्टा समयको सदुपयोग हुदैन । यो त्यतिकै खेर जान्छ । तर खेलका माध्यमवाट गरीने शिक्षण विधिलाई हेर्ने हो भने यो समस्या हुदैन । शिक्षकले एक दीनमा के के सिकाउने पहिले नै निर्धारीत भई सकेको हुन्छ ।
     शिक्षण विधि हेर्ने हो भने व्यवहारीकपन ल्याउनु भन्दा सैद्धान्तिक ज्ञानलाई अलि वेसी जोड दीइन्छ परम्परागत शिक्षणमा तर खेलको माध्ययमवाट गरीने शिक्षणमा प्रयोगात्मकलाई वढि जोड दिइन्छ । अर्कोतर्फ वालवालीकाको क्षमता भन्दा अभिभावक र शिक्षकको क्षमता अनुसारको नतिजा खोजिने, शिक्षक केन्द्रित शिक्षा हुने, जवरजस्ती घोकाउने, शारीरिक सजायको भागिदार वनाउने, जुनसुकै समुहका विद्यार्थीहरुलाई पनि कक्षाकोठामा राख्ने व्यवस्था मिलाउने, मानसिक विकासमा वढि केन्द्रित हुने, विद्यार्थीहरुको दैनिक क्रियाकलापको अभिलेख नराख्ने, तालिम विना पनि अध्यापन गर्ने, योजना विहीन तवरले कक्षामा सिकाई प्रकृया सञ्चालन गर्ने,  शिक्षकहरुमा जिम्मेवारी वोधको कमी रहने, कमजोर विद्यार्थीहरुका लागि विशेष सिकाई विधिको प्रयोग नगरीने, शिक्षकको भुमिका निर्देशनात्मक रहने हुन्छन । अर्को तर्फ खेलको माध्यम वाट सीकाइने शिक्षण कृयाकलापमा वालकेन्द्रित शिक्षण पद्धती, खेलका माध्ययमवाट सिकाई प्रकृया सञ्चालन गरीने, बुझ्न, महशुस गर्न र व्यवहारकि जीवनमा लागू गर्न जोड दिइने, सजाय रहित कक्षाको व्यवस्था, उमेर समूह र सो उमेरमा सिक्नुपर्ने ज्ञान, सीप र वाल विकासको तहलाई स्तर निर्धारणको आधारमा बनाइ, मानसीक, शारीरिक, सामाजीक संवेगात्मक र आध्यात्मिक विकासका लागि शिक्षा प्रदान गरीने, विद्यार्थीहरुको दैनिक क्रियाकलापहरु र उल्लेखनीय घटनाहरुको अभिलेख राखिने, कक्षा शिक्षकमा अधिकार विकेन्द्रिकृत व्यवस्थापन, तालिम प्राप्त तथा हरेक कक्षामा कम्तिमा दुईजना शिक्षकहरु एकै समयमा रहने, कक्षामा अति जान्ने र नजान्ने विद्यार्थीहरुको छुट्टै वस्ने व्यवस्था मिलाउने, शिक्षकले सहजकर्ताको मात्र भूमिका निर्वाह गर्ने वोधगत शिक्षण प्रणालीको व्यवस्था हुन्छ । यस वाट पनि के स्पष्ट हुन जान्छ भने परम्परागत शिक्षण प्रणाली लाई अव परीवर्तन गर्नै पर्दछ ।
यो साँचो हो, शिक्षण प्रकृया मात्र सवै होइन । वातावरण पनि महत्वपूर्ण हुन जान्छ । पारीवारीक वातावरण पनि महत्वपूर्ण हुन्छ । तयसैले पनि यस कार्यमा अभिभावक पनि संयम र संवेदनसील हुन आवश्यक छ की विद्यार्थीको भविश्य वनाउनमा हाम्रो पनि भुमिका छ भनेर । यहाँ भन्नै पर्दछ की,  अभिभावकवाट  अलिक वेसी महत्वपूर्ण भुमिका खेलीनु पर्दछ । प्राय जसो अभिभावकहरु आफ्नो जिम्मेवारी वाट पन्छिने गर्दछन । अभिभावकको यस कार्यले वालवालीकालाई मानसीक असर पार्दछ । अभिभावक वाट शुरु हुने ढाटछल गर्ने गतीविधिले वालवालीकामा समेत त्यस्तै वातावरण र संस्कारको विकास नजानीदो तवरले भईरहेको हुन्छ । त्यसैले पनि अभिभावक वर्गहरुवाट त्यस्ता गतीविधहरुको अन्त्यय गरीनु पर्दछ ।
अर्को पक्ष भनेको शिक्षकहरुको व्यवहार र चरीत्र हो । यो सवैले स्विकारेको पक्ष हो की विद्यार्थीहरु अलि वेसी अरुको नक्कल गर्ने हुन्छन । उनिहरु पढेर भन्दा देखेर बढि अनुसरण गर्दछन । त्यसैले पनि शिक्षकहरु रोल मोडेल वन्न सक्नु पर्दछ । यो भनि रहदा शिक्षकहरुको निजि जिवनको कुरापनि उठ्छ, तर शिक्षण यस्तो पेशा हो जहाँ निजी जिवन भन्दा पनि समाजीक जिवनलाई बढि महत्व दीनुपर्दछ । त्यसैले शिक्षकहरु यो पेशा छनौट गर्दा पहीले नै आफुलाई कन्भिन्स गर्नुपर्दछ की म समाज सेवाका लागि हो, व्यवसाय गर्नका लागि होइन भनेर । यदि शिक्षकले यो कार्य गरेमा उसलाई अप्ठारो पर्दैन । अहिले परीरहेको अप्ठारो भनेको  उसले आफुलाई कन्भिन्स गर्न नसक्दाको प्रतिफल हो । यदि एउटा शिक्षकले आफुलाई शिक्षण पेशामा सर्मपीत गरायो भने, उ स्वतहः शिक्षणको मुल्य मान्यतामा रहन्छ, उ गुरु मात्र नभइ एउटा शैक्षिक अभियन्ताका रुपमा समाजमा जुटीरहेको हुन्छ, विद्यार्थीहरुलाई किताव भन्दा पनि सन्सार चिनाउनमा लागि परेको हुन्छ,  विद्यार्थीको संख्यात्मक उत्पादन भन्दा पनि गुणात्मक उत्पादनमा लागि पर्दछ । यो नै सवै भन्दा ठुलो उपलव्धि हो, शिक्षा क्षेत्रका लागि । तसर्थ अव यदि शिक्षामा साच्चिकै परीवर्तन गर्ने हो भने शिक्षक र अभिभावकको सहकार्य हुन अत्यन्त आवश्यक रहेको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.