विंसं २०४७ सालमा एसएलसी गरि २०५८ मा त्रिभूवन विश्वविद्यालयबाट एमविए र एमए प्रथम श्रेणीमा उत्तिर्ण गरेका चित्रबहादुर पुन सरकारी अवसर नपाएपनि कुशल उद्यमी बनेका छन् । सरकारी जागिरमा प्रवेश गर्ने पहँुच नपुगेपछि उनी स्वान नाँउको गैर सरकारी संस्थामा लेखा अधिकृतको जागिर खानथाले, जागिर अघि दुइतीन वर्ष जापान जाने सपना नदेखेका पनि होइनन् तर आफन्तले पाँच लाख डुबाइदिएपछि उनी संघ संस्थामा अलमलिए,६ वर्ष गैर सरकारी संस्थामा काम गरेका उनी कृषकहरुको व्यवसायीकरण गर्ने विषयमा
हाम्रो सामाजिक मान्यता पढेपछि जागिर खानैपर्छ धेरै पढेकाले कृषी कर्म गर्न हुदैन, पढेकाले कृषी उद्यम गरे प्रतिष्ठा नै घट्छ । यस्तै गलत सामाजिक बुझाई र चिन्तनले नेपालको कृषीमा उद्यमीकरण हुन सकिरहेको छैन । निरक्षरले मात्र कृषी व्यवसाय गर्नू पर्छ भन्ने पुरातन गलत प्रवृत्तीलाई चुनौति दिदै दाङका एक स्नाकोत्तर तह उत्तिर्ण गरेका युवा यतिबेला सफल उद्यमी बनेर कहलिएका छन् ।
प्यूठानको धुवाङ गाविस ८ मा जन्मिएका चित्रबहादुर यतिबेला दाङको देउखुरी लालमटियामा व्यवसायीक बंगुर पालन गरिरहेका छन् । व्यवसाय गरेर उनले वार्षिक दश लाख आम्दानी गरेका मात्र छैनन् पाँच जनालाई रोजगारी दिएका छन् । उनको उद्यमले यतिखेर राम्रो विकास गरिरहेको छ । एक विगाह क्षेत्रफलमा फाराम संचालन गरेका उनले दश लाख बढी लगानी गरेका छन् । पच्चिस वटा माउ बंगुर ३ वटा भाले बंगुर उनको फाराममा छन् ।
![]() |
| धनिराम शर्मा |
सेनाको लेफिटनेन्ट र प्रहरीको निरिक्षक बन्ने सपना देखेर सरकारी जागिरमा प्रयत्न गरेका ती यूवा हुन चित्रबहादुर पुन । जनजातिको छोरो त्यसैमा पनि दुर्गमको भएपछि पहँुच हुने कुरै भएन, पहँुच नुपेगेपछि फोर्सको अफिसर जागिर खाने सपना पुरा हुन सकेन । शैक्षिक योग्यता अनि शारिरिक तन्दुरस्तासंगै योग्यता भएपनि आफन्त नहँुदा त्यहाँसम्म उनी पुग्ने कुरै भएन ।तर सरकारी जागिर नखाएपनि बँगुर पालनबाट सफल उद्यमी बनेर चोखो वार्षिक दश लाख कमाई गरेर उनी यतिबेला उदाहरणीय बनेका छन् ।
वैदेशिक रोजगारीको लागि खाडी मुलुक जानु उपयुक्त नभएको भन्दै यही बसेर वर्षमा लाखौ रुपैया कमाउन सकिने उनको विश्वास छ । उनको व्यवसायले समुदायस्तरमा पनि प्रभाव जमाएको छ, शिक्षित युवाले कृषी गर्नु हुदैन भन्ने मान्यतालाई चिर्दै गएको छ । त्यस्को प्रभावमा स्थानीय युवाहरु पनि व्यवसायी बन्ने प्रयत्न गर्दैछन् । धेरै पढेको शिक्षित मानिसले बँगुर व्यवसाय संचालन गरकेो देख्दा आफूहरुलाई पनि उद्यम गर्ने रहर जागेको स्थानीय रमन पुनले बताए, पढेको मानिसले कृषी काम गर्दैनन् भन्ने थियो तर चित्रबहादुरले देखाइदिनु भएपछि आफूहरु निकै प्रभावित भएकोले आगामी दिनमा उद्यमी बनेर जीवन चलाउने पुनले सुनाए । चित्रबहादुर जस्ता युवा व्यवसायीको सम्मान र कदर गर्न राज्य तहबाट खासै पहल नहुनुले युवालाई कृषीमा आकर्षित गर्न नसकिएको उनको टिप्पणी छ ।
देउखुरीमा बंगुर फार्म संचालन गरेर चित्रबहादुर सबैतिर हाइ हाइ बनेका छन् , कृषी क्षेत्रको पशुपालन विधामा उनी जमेका छन् , श्रम संस्कृतिको उजागर गर्न र आम युवालाई कृषीमा आकर्षण गर्नको लागि उनको उद्यम एक उदाहरणीय बनेको छ । राज्यले नेपालको आर्थिक विकासको मुल आधार कृषीलाई स्विकारेपनि सरकारी नीति तथा कार्यक्रम युवा उद्यमीसम्म पुग्न सकेको छैन । भर्खरै सरकारले बीस वर्षे दीर्घकालीन कृषी रणनीति सार्वजनिक गरेपनि पहँुचका कारण वास्तविक युवा कृषकले पाउन नसकेको सबैले टिकापिटप्पणी गरेका छन् ।
सरकारले उनी जस्ता उद्यमलाई चिन्न नसकेपनि उनी नमुना कृषक बनेर सबै युवालाई कृषीमा तान्न चाहान्छन् यद्यपी उनी सरकारी अनुदान सहयोग पशु विमा लगायतका सेवा सुविधाबाट बन्चित छन् , तैपनि कृषी व्यवसायीकताको सूनौलो भविष्य रहेको उनी बताउँछन् । विदेशमा होइन अब युवाको पसिना देशमा खन्याइनुपर्छ भन्ने मान्यताका पक्षपाति चित्रबहादुर कुशल किसान बने पनि सरकारको यूवा लक्षित कार्यक्रमले भने सम्बोधन गर्न सकेको छैन । यद्यपी चित्रबहादुर एक उदाहरणीय कृषक पात्र हुन् । तर चित्रबहादुर जस्ता व्यवसायी युवाको उद्यमीकरण र सरकारी अनुदानको विषयमा राज्यका सरोकारवालाहरु बेखबर जस्तै छन् । युवा लक्षित कार्यक्रममा दाङमा वार्षिक करोडौ सरकारी बजेट आउने गरेपनि उनी जस्ता यूवा उद्यमीले पाउन सकेका छैनन् ।
पछिल्लो चरणमा भएको संकटले आत्मनिर्भरताको सवाललाई पनि उठाइदिएको छ, उद्यमीकरणको अभावमा नेपलाले परनिर्भरता खेपिरहेको बेला यस्ता उद्यम निकै महत्वपूर्ण मानिन्छन् । कृषीको संभावनालाई व्यवहारमा लागु गर्न यस्ता उदाहरणीय युवाहरुलाई प्रोत्साहन अनि नयाँ युवालाई आकर्षण गर्ने राष्टिय अभियान संचालन गर्न राज्यले ठोस नीति र कार्यक्रम ल्याउन खाँचो छ ।










