कार्तिक,१९ दाङ । संघिय गणतान्त्रीक जनमुक्ती पार्टिको अगुवा कार्यकर्ता भेला दाङका शुक्रबार घोराही हुने भएको छ । थरुहट र लुम्बीनी प्रदेशको कार्यकर्ता भेला हुन लागेको पार्टिका केन्द्रिय उपाध्यक्ष रबिन्द्र उच्च नेपालीले जानकारी दिनुभयो ।
भेलामा तत्कालीन राजनितिक परिस्थिति भारतीय नाकाबन्दीका कारण नेपालमा परेको असरका बारेमा छलफल हुने नेपालीले बताउँनुभयो । पछिल्लो समय भारतको अघोषित नाकाबन्दीकारण नेपालको जनजिबन प्रभावित बनेको बिषयमा अन्तराष्ट्रिय समुदायका जानकारी बनाउँने समेत उदेश्यले कार्यकर्ता भेलागर्न लागेको नेपालीको भनाई छ ।
भेलालाई संघिय गणतान्त्रीक जनमुक्ती पार्टिका केन्द्रिय महासचिब केशब सूर्यबशी ले संम्बोधन गर्ने कार्यक्रम रहेको छ । भेलामा झण्डै १ सय५० जना नेताकार्य कर्ताको सहभागिता रहने उपाध्यक्ष नेपालीले बताउनुभयो । शुक्रबार दिउसो १२ बजे हुने कार्यकर्ता भेलामा सहभागिह हुन पत्रकारलाई आग्रह गर्नुभएको छ ।




