ताजा अपडेट

...


पेट्रोलियम पदार्थ वितरण सुरु



रेखा मगर, दाङ, १९ कार्तिक
दाङमा हिजो आएको २० हजार लिटर पेट्रोल आज विहानवाट वितरण सुरु भएको छ । हिजो आएको पेट्रोल आज बिहानबाट लाईन बद्धरुपमा लाईसेन्स र ब्लुबुकको आधारमा बितरणको व्यवस्था गरिएको ट्राफिक प्रहरी प्रमुख बिरबहादुर थापाले जानकारी दिनुभएको छ ।

दाङमा हिजो ८० हजार लिटर पेट्रोलियम पदार्थ आएको थियो । आज घोराहीको पुर्कोट, सिस्नेखोलाको फेमस, मज्गैको जिफिक, तुलसिपुरको तुलसिपुर व्यापार सेवा र हाम्रो पहुँच पम्पबाट साढे १७ हजार लिटर पेट्रोल वितरण भईरहेको छ ।

६० हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोल आएकोमा डिजेल भने राति नै वितरण गरिएको
नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरले जानकारी दिएको छ । यसै गरि रुकुमका लागि १२ हजार लिटर डिजेल पठाइएको निगमले जनाएको छ । भारतको नाकावन्दीले देशभर ईन्धन अभाव जारी छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.