ताजा अपडेट

...


मोटरसाईकल दुर्घटनामा परी ३ जना घाईते



दाङ, १९ कार्तिक ।  दाङमा मोटरसाईकल दुर्घटनामा परी ३ जना घाईते भएका छन । तुलसीपुरवाट शितलपुरतर्फ जाँदै गरेको रा १ प ६३३२ नंवरको मोटरसाईकलले तुलसीपुर १२ रझेनास्थित पैदलयात्रीलाई ठक्कर दिदामोटरसाईकल चालक सहित ३ जना घाईते भएको प्रहरीले जनाएको छ । 

मोटरसाईकलको ठक्करवाट तुलसीपुर ५ नामीनगर वस्ने २८ वर्षका दिपेन्द्र गुप्ता घाईते हुनुभएको हो । यसैगरी दुर्घटनामा परी मोटरसाईकल चालक तुनपा ५ वस्ने ३७ वर्षका यज्ञराज नेपाली र मोटरसाईकल पछाडी सवार सोही ठाँउका १८ वर्षिय अनिल केसी घाईते भएको प्रहरीले जनाएको छ । 

हिजो वेलुकी भएको दुर्घटनामा घाईते ३ नै जनाको अहिले अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.