१८ कात्तिक, विराटनगर । दलित भन्दै भाडावालालाई अपमानजनक ढंगले डेराबाट निकाल्ने घरधनी दम्पती पक्राउ परेका छन् ।
दलित भएकै कारण बेइज्यतीपूर्ण ढंगले घरबाट निकाल्ने सुनसरी इटहरी उपमहानगरपालिका ८ का ४२ वर्षका श्याम भण्डारी र उनकी पत्नी ४० वर्षकी शर्मिला भण्डारी पक्राउ परेको नयाँ पत्रिकामा खबर छ ।
उनीहरुले भाडावाल शान्ति गजमेर (विश्वकर्मा)को परिवारलाई सानो जातको भन्दै बेइज्यतीपूर्ण ढंगले घरबाट निकालेका हुन् । इलाका प्रहरी कार्यालय इटहरीले दलितमाथि जातीय छुवाछुत गर्ने भण्डारी दम्पतीलाई पीडितको जाहेरी दर्ता गरेपछि पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
प्रहरीका अनुसार भण्डारी दम्पतीलाई जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार अदालतमा मुद्दा दर्ता हुनेछ ।




