ताजा अपडेट

...


अल्जाइमर




भुपेन 

तपाइलाई सुनाउनै पर्दा म धेरै कुरा बिर्सिरहेको छु । आफ्नो वर्तमान, भविष्य, परिवार, समाज सबै थोक एक—एक गरी मेरो मानस्पटलबाट हराउँदै–हराउँदै गइरहेका छन् । घरेलु श्रीमतीले भुँडी बोकेसरी एक टुक्रा कागज मसँग छ । खै कुन दिनदेखि हो यो कागज मैले बोकिराखेको छु । फरक यति हो श्रीमतीहरुको भुँडीको भार घट्ने निश्चित होला मसँगको यो कागजको भार घट्ने अनिश्चित छ ।


लामो समयखण्ड यता यो कागजलाई म यसरी नै बोकेर यो बाटो हिडिरहेको तपाई भेटाउन सक्नहुन्छ । दिनानुदिन बिहान पाँच बजे र बेलुकी सात बजेको सेरोफेरोमा म यहीं बाटो चुरोट ओकाउँदै हिडिरहेको हुन्छु । धन्न यो कागजले आफ्नो भार बढाएन । थ्याङ्क्स फर इटसेल्फ । तर पनि यो कागजबाट निरन्तर पिरोलिएको छु । खासमा मैले बुझ्न सकेको छैन । यो कागज कहाँबाट मेरो गोजीमा आयो रु मेरो अजिबो गरिब जिन्दगीमा यसको औचित्य के छ रु नोस्टाल्जिया कोट्याउनुको कुनै अर्थ छैन अब । फितावाल डाक्टरले नापेअनुसार मेरो एक थान मस्तिष्कका लुप्तगुप्त फोल्डरहरु एक–एक गरी कोमामा समाधि लिदैछन् ।


प्रिय पाठक १ म त्यो फितावालका अनुसार ‘अल्जाइमर’बाट ग्रस्त छु । तर सबैथोक बिर्सदै जानु मेरो रहर÷इच्छा केही हैन । जसरी यहाँ जानी–जानी मान्छेहरु बिर्सदैछन्– दया, माया, करुणा, प्रेम, सद्भाव, परिवार, सम्बन्ध, समाज, राष्ट्र‘ आदि इत्यादि ।

अँ त हामी हिड्दै थियौं । मृत जीवन अनि जीवित मृत्युसँगै । सँगसँगै छ– अँध्यारोको घनघोर सन्नाटा । हामी कता जाँदैछौं रु मेरा यी ‘उत्तरआधुनिक’ खुट्टाले हामीलाई कता डो¥याउँदै छन् रु बिस्तार–बिस्तार हामी अँध्यारा गल्लीहरुलाई बिना हतार क्रस गर्दै छौं । र बिस्तारै उज्याला गल्लीहरुका नजिक पुग्यौं । अञ्जान उज्यालो झनै बढ्दै गयो । मेरो ‘ब्ल्याक एण्ड ह्वाइट’ जिन्दगीमा हरिया, नीला÷पहेंला÷सेता ‘ उज्यालाहरुको अवतरण प्लस आगमन एकैचोटि भयो । भुत्लाजडित मेरो बाहिरी मासु एकैचोटि झिलिमिली भयो । उज्यालो गुफाबाहिर आइमाई भन्नलायक केही युवतीले स्वागत गरे । केही यस्तो भनेर 

– तपाइँलाई मूर्दा महलमा स्वागत छ । यो एकरात तपाइँको जीवनका हजारौं रातसामु भव्य र विशाल हुनेछ ।

– ‘कसरी’ रु मैले प्याच्च सोधें ।

– किनकि यहाँ तपाइँ इण्डियन, चाइनिज, इटालियन, फ्रेन्च‘ अमेरिकन सबथोक बस्त्रसहित या वस्त्ररहित स्वपान गर्न सक्नुहुनेछ ।

– ‘ओऽऽके’ लाई त्यही छोडी म भित्र पस्छु ।

ब्याकराउण्डमा गीत बजिरहेको तपाई सुन्न सक्नुहुन्छ । ‘घरोको छोडके जो चले उन्हे क्या डराएगे फासले‘रु’

गीतको मदहोशीमा बेहोस भइरहँदा मेरा दुई थान खुट्टाले मलाई एक थान कुर्सीमा थन्काए ।

–हेल्लो मिस्टर आगन्तुक । तिमीलाई यो मूर्दामहलमा आज यी सारा मूर्दाहरुको तर्फबाट हार्दिक स्वागत टक्र्याउँछु ।

यो अवधिसम्म मेरोअघि गोलो मंगोलियन अनुहार । थेप्चो नाक । ठूलो स्वरले हाँस्दा परेली चिम्लिनुपर्ने बाध्यता भएजस्ता आँखा गरेको करिब पाँच फिट चार इन्च नाप्न सकिने विशेषताजडित अनुहार बिनाआग्रह आएर बस्यो ।

म– ‘हेल्लो । थ्याङ्स फर योर किन्ली वेलकम ।’ रिप्लाएँ ।

हाउभाउ र चालचलन देख्दा ऊ यस महलको कुनै विशिष्ट मान्छे लाग्यो । तर म ट्वाँ आकारमा टोलाइरहें ।

ऊ– ‘किन टोलाएको रु खासमा म यस मुर्दा महलको मुर्दार ।’ उसले बिना सोधपुछ आफैले आफ्नो परिचय दियो ।

म– मुर्दार रे । कस्तो हाँसो नउठ्ने नाम तपाइँको रु

मुर्दार– यो दुनियाँमा नहाँस्नुपर्ने कारण नै के छ र रु खासमा म यस मूर्दा महलका मूर्दाहरुको सरदार अर्थात् ‘मूर्दार ।’

म– ‘ओके मूर्दार । नाइस जब ।’

मुर्दार– खासमा तिमीलाई आज यहाँ देख्न पाउँदा म एकदमै खुसी छु । सुनेको छु– एक्कासी तिमीमा ‘अल्जाइमर’को कृपा भयो रे‘ तिम्ले सबथोक बिस्र्यौ रे । मस्तिष्कका लुप्त गुप्त फोल्डर जम्मै कोमामा छन् रे‘ आदि इत्यादि ।

म– ‘हो त्यसै भन्नुप¥यो ।’

मुर्दार– ‘ठीकै छ, अब केही चिन्ता नमान । कथाको मध्यभागमा आइपुगे पनि तिमीलाई कथाको अन्त्यसम्म पु¥याउन म महत्वपूर्ण पात्र हुँ । अँ तिमीसँग एउटा बूढो कागज छ रे । गिभ मी दिस पेज प्लीज ।’

म– ओके । तर तपाईले कसरी थाहा पाउनुभयो रु मेरो गोजीको कागज आइमाइको भुँडी बढेर बाहिरै देखिने जस्तो गरी नबढेकोमा म ढुक्क हुन्छु ।

मुर्दार– फेरि ल यो पनि बिस्र्यौ । तिमीलाई अल्जाइमरले त स्वाहा पारेछ । खुस्केट भइसक्यौ क्या हो रु कति बिर्सन सकेको रु आफ्नो वरिपरी भेटिने जतिलाई त्यहीं कागज देखाउँदै÷सोध्दै हिडेको के त रु

मस्तिष्कको कुनचाहिँ लुप्तगुप्त फोल्डरमा हो एक क्लिक हान्यो । हो त भन्ने लाग्यो । चोक–चोकमा म आफै बरालिएको दृष्य देखें । मुर्दारले कागज वल्टायो, पल्टायो । समग्रमा पढ्यो ।

मुर्दार– ‘मिष्टर अल्जाइमर । अब तिम्रो कोमामा रहेको मस्तिष्क साँच्चिकै ब्यूँझिनेछ । तिम्रा तमाम अन्योलता हराएर जानेछन् । जस्ट टेक इट इऽऽऽजी ।’

म– ‘धन्यबाद ।’

मुर्दार– तर समग्र समस्याको हल म आफै भने हैन । त्यसका लागि तिमी काभ्रेपलाञ्चोक पुग्नुपर्छ । त्यहाँ मेच्छेगाउँ छ । त्यहाँ एकजना महिला भन्नलायक युवती छिन्‘ हो, ती युवती भेट्न सक्यौ भने तिम्रा समस्या अवश्य हल हुनेमा मलाई विश्वास छ ।

– ‘भेट्न सक्यौ भन्नुको अर्थ रु’ के रानी हो र रु भेट्न गाह्रो हुनलाई ।’

– हैन ।

– महारानी उसो भए रु

– हैन ।

– मात्तिएको जवानी उसो भए रु

– हैन ।

– कि क्लियोपेट्रा सिङ्गै आएर आजभोलि त्यतै बसिछिन् र रु

– हैन ।

– के हो त उसो भए रु

– त्यहीं जाऊ, आफै थाहा पाऊ ।

– ओके ओके १ थ्याङ्स ।

यसपछि म त्यस आदिम भूमिबाट अपरिचितले बोकाइदिएका केही ‘मेटाफिजिकल’ अन्योलता बोकी हिडें । भारी थपिएको महसुस भयो ।


८८८

प्रिय पाठक १ सूर्य पूर्व दिशामा पूर्णतः टक्टकिसकेको छ । र मलाई देखि रात यसरी बढ्दैछ, जसरी कुनै सुन्दर÷हिस्सी परेकी युवतीलाई देख्दा युवकको मनमा ‘सेक्सुअल डिजायर’ बढ्छ । अपरिचितले सुझाएअनुसार मेरा खुट्टा उकालो चढ्दै गए । डाँडामा एउटा घर सुनसान अवस्थामा फ्रिज भएर बसेको थियो ।

– ‘हेल्लो घरमा कोही छ रु’ म कराएँ ।

‘। मौनता

‘हेल्लो घरमा कोही छ रु’

फेरि केहीबेरको मौनता‘।

‘हेल्लो घरमा कोही छ रु’

अझ धेरै मौनता

भित्रबाट कुनै आवाज आएन । कसैले कुनै प्रतिक्रिया टक्र्याएन । करिब पाँच मिनेट मेरो कराउने प्रयास यत्तिकै बिफल भयो । एक मन सोच्न थाल्यो मिस्टर मुर्दार कस्तो ठीस रहेछ । मूलाले ढाँट्यो कि रु केही समय मौनतामा म पनि मौन भइदिएँ ।

– हेल्लो । तपाइँ त्यहाँ जति कराए पनि कोही बोल्ने छैन । यो घर चुप लागेर बसेको धेरै भइसक्यो ।

पाठक मित्र १ घरभित्रबाट त हैन, पछिल्लतिरबाट आवाज आइरहेको थियो । सर्सर्ती जिउडाल नापजोख गर्दा उस्तै मंगोलियन अनुहार । चिम्सा आँखा गरेकी एक आमा भन्नलायक महिला अचानक म अगाडि आइपुगिन् ।

– खासगरी मलाई मूर्दा महलबाट मुर्दारले यहाँ पठाएको । कि म मेरो ‘अल्जाइमर’को औषधि यहाँ भेट्छु भनेर । तर यो घरमा त कोही छैनन् जस्तो छ ।

– ए ए ए ए उसो भए तिमी त्यो हौ रु

– तिमी त्यो हौ भन्नाले रु

– जो यहाँ आइपुग्यौ, म सामु उभिएका छौ । जसलाई मुर्दारले पठाएको रु

– हजुर मै हुँ ।

– मैलै पहिले नै भविष्यवाणी गरेकी थिएँ कि तिमी यहाँ आइपुग्नेछौ । उसले तिमीलाई यहाँ पठाएर राम्रै ग¥यो । तर जुन मान्छेको लागि तिमीलाई यहाँ पठाइयो, उनी केही वर्ष यता छैनन् ।

झल्याँस मुर्दारलाई सम्झें । मूला ठिसले ठिकै भनेछ, ‘उसलाई भेट्न सक्यौ भने ‘’

– ओके । तर उनी कहाँ छिन् त उसो भए रु तपाईको मस्तिष्कलाई ठेगाना निकाल्न एकछिन कष्ट दिनुस् ।

– सुनेको छु । उनी भक्तपुर दरबार स्क्वायर आसपासमा बस्छिन् रे । त्यतै जाऊ ।

– ‘अनि तपाई चाहिँ को नि रु’

– उसलाई भेटाऊ, आफै थाहा पाऊ ।

थ्याङ्स फर योर हेल्प ।

अनि अचानक उनी हराइन् ।

अनि अचानक भोलि बिहानै म भक्तपुरमा भेटिनेछु ।

बिहान बेसरम चिसोको काउकुतीसँगै पाठक मित्र म उसले सुझाएको ठाउँमा पुगेर ढोका ढकढक ढकढक ढकढकाए । शायद घरभित्र छिरेपछि म तीन तल्ला जति उकालो भ¥याङ हिडेको थिएँ । कोठा सानो तथा सुन्दर थियो । दुइटा पलङ । एउटा खाना पकाउने ग्याँस । एउटा सिलिण्डर‘ केही थान भाँडाकुडा । केही किताब । केही कपडा‘ अरु धेरै थोकसँग उनी त्यहाँ थिइँन भनेर भन्नुस् । मेरा दुई थान खुट्टाले कसैलाई नसोधी मलाई दक्षिण दिशामा पूर्व–पश्चिम लम्पसार परेको पलङमा बिसाएँ ।

उनी– ए तिमी आइपुग्यौ रु

उनको पहिलो आवाजसँगै मेरा लुप्तगुप्त फोल्डरहरुमा एकछिन हलचल मच्चियो । यद्यपि परिणाम भने कुनै निस्किएन ।

म– हजुर म । अपरिचितले सुझाएअनुसार तपाइँलाई खोज्न काभ्रेपलाञ्चोक पुगेको थिएँ । तर तपाइँ यता आइसक्नुभएछ ।

उनी– हो, केही समय यता हामी यतै छौं । बरु तिमीचाहिँ कता हराएको रु सुनेको छु– सबथोक बिर्सियौ रे‘ अल्जाइमरग्रस्त भयौ रे‘ अनि लेटेस्ट खबर अनुसार खुस्केट हुने तयारीमा छौ रे । आच्या ऽऽ मलाई नि बिर्सियौ रु

पाठक मित्र १ यसपालि त मेरो मस्तिष्कमा पूरै बिजुली चम्कियो । यो आवाज कता–कता सुने–सुने जस्तो लाग्यो ।

उनी– अँ अनि वनमान्छे जस्तै भएछौ । कपाल कति लामो पारेको । तमास नै भएछौ त तिमी । अनि खै यतिका वर्ष कुनै दानीले तिम्लाई एक जोर कपडा दानमा दिने मनोमानी गरेन रु

उसका कुराहरुले म ट्वाँ आकारमा टोलाइरहेछु । किनकि मेरो शरीरका पाटपूर्जा त्यो बिजुलीको चमकले असह्य आनन्दमा चम्किरहेछन् ।

उनी– खै लेऊ तिमीसँग भएको त्यो कागज । म तिम्रो ‘अल्जाइमर’ हटाउन मद्दत गर्छु ।

उसले कागजलाई वल्टाइ पल्टाई । कागज च्यातिदै गएकोमा एकछिन निधार खुम्चाई अनि फलाकी–

MIRTAZZ 7.5
Oleanzz 2.5
Nexito 10 mg

‘हरे बाँदर १ यो तिमीले तिम्रो आमालाई एकदिन नबिराइकन खुवाउनुपर्ने औषधी थियो । यो कागज धेरै समय पहिले भनौं न म हराउनुअघि, तिमी हराउनुअघि या त हामी हराउनुअघि मैले तिमीलाई सुम्पिएकी थिएँ । यो सँग १००० अंकजडित एउटा नोट पनि थियो तिम्रो पछिल्लतिर गोजीमा राखिदिएकी थिएँ ।’ भन्दै उसले त्यो नोट मेरो पछिल्लो गोजीबाट निकाली ।

बस‘ पाठक १ अब ऊ रोकिन्छे ।

पाठक मित्र १ यतिञ्जेल मेरो मस्तिष्कमा कुनै नाम सल्बलाउन थालिसकेको थियो उसलाई त्यो कागज दिदै गर्दा । मेरो मस्तिष्कका लुप्त गुप्त फोल्डरहरुमा भूकम्पको कम्पन आएर गयो । पराकम्पनका धक्काहरुले कतै बुद्धजस्ता देखिने मूर्ति । चिने–चिनेजस्ता लाग्ने अनुहार । कतै देखे–देखेजस्तो लाग्ने भूगोलले हलचल मच्चाउन थाल्यो । अपरिचित मुर्दार परिचित भइदियो । मंगोलियन अनुहारकी आमैले कानमा आफ्नो परिचय सुनाइन् । यहाँसम्म कि म बसेको पलंङले न्यानो आत्मीय स्पर्श गर्न थाल्यो । त्यहाँ भएका चियाका कप तथा अन्य भाँडाकुँडा संगीतमय भएर मलाई स्वागत गरे । ती किताबहरु मेरो काखमा बस्न आउलान् कि जस्तो गरी उफ्रिन थाले । कपडाको सुगन्ध मेरो नाकमा ठोकियो ।

र, धेरै वर्षपछि म चिर निन्द्राबाट ब्यूँझिएँ ।


।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.