रेखा मगर
दाङ, १९ कार्तिक । राष्ट्रियता विरोधी गतिविधिका विरुद्ध अखिल क्रान्तिकारीको संघर्ष विप्लव माओवादी निकट अखिल क्रान्तिकारी केन्द्रिय समितिले राष्ट्रियताका पक्षमा संघर्षका कार्यक्रम गर्ने भएको छ । यहि कार्तिक १६, १७ र १८ गते दाङको घोराहीमा सम्पन्न केन्द्रिय समितिको तेस्रो वैठकले पारित गरेका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अखिल क्रान्तिकारीले वैदेशिक हस्तक्षेपविरुद्ध संघर्ष गर्ने वताएको छ ।
निति तथा कार्यक्रम सार्वजनिक गर्न आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै सो संगठनका अध्यक्ष पूर्णवहादुर सिंहले देशमा भईरहेको हस्तक्षेप र शैक्षिक क्षेत्रका विकृतिविरुद्ध अव आफुहरुले संघर्ष थालनी गर्ने वताउनुभयो । देशमा भारतको नाँगो हस्तक्षेप वढेको भन्दै राष्ट्रियताका पक्षमा विद्यार्थी जागरण अभियान समेत थालनी हुने वताउनुभयो ।
भारतद्धारा लगाईएको नाकावन्दीविरुद्ध भण्डाफोर गर्ने र नाकावन्दीको वाहाना पार्दै कालोवजारी गर्नेहरुविरुद्ध शसक्त संघर्ष गर्ने चेतावनी समेत दिएको छ । सो संगठनले आन्दोलनको आवश्यकतालाई वोध गर्दै सचिवालय समिति र विभिन्न विभाग समेत गठन गरेको जनाएको छ ।
अखिल क्रान्तिकारीले देशभरका शैक्षिक माफियाहरुको कालोसुची तयार गरी तिनका वारेमा पर्चा, होडिङ वोर्ड र फोटोसहित भण्डाफोर गर्ने जनाएको छ । यस्तै विश्वविद्यालय, सीटिईभिटीका समस्या अध्यनका लागी कार्यदल निर्माण गरी आन्दोलन गर्ने संगठनका महासचिव दिपेन्द्र चलाउनेले जानकारी दिनुभयो ।।