ताजा अपडेट

...


अलपत्रमा हरितनगरको सरकारी योजना



 
प्रचारमुखी तर परिणाम विहिन हरितनगरको योजना ?

सरकारले आर्थिक वर्ष २०७०÷७१ देखि  देशका उत्कृष्ट नगरपालिकाहरुलाई हरितनगर बनाउने कार्यक्रम अगाडि बढायो । जस अन्तरगत पूर्वको इलाम नगरपालिका र पश्चिममा दाङको घोराही नगरपालिका सरकारी छनौटमा परे । सरकारी छनौटसंग सरकारले दुइ नगरपालिकालाई हरितनगर बनाउन इलामलाई ६० लाख र घोराहीलाई ४१ लाख बजेट निकासा ग¥यो , सोही अनुसार नगरपालिकाले कार्यक्रम अगाडि बढाएपनि  नगर हरित बन्न सकेको छैन , यद्यपी नगरपालिकाले आफ्नो तर्फबाट कार्यक्रम अगाडि नबढाएको होइन ।

तर सरकारी योजना अनुसार बजेट, हरितनगरको विषयमा जनचेतना र स्थानीयहरुको जागरुकताको अभावले सरकारी हरित नगरको योजना प्रचारमुखी मात्र बनेको स्थानीय बताउछन् स्थानीयलाई जानकारी नहुनु र स्थानीय तहमा मेरो नगर हो भन्ने भावना जागृत हुन नसक्ता नगर दिनानुदिन अस्तव्यस्त बन्दै गएको स्थानीय अगुवा नरबहादुर बुढाथोकी बताउछन् ।

जनगणना २०६८ अनुसार घोराही नगरमा १५ हजार ४ सय ८५ घरधुरी रहेका छन् । नगरभित्र ३५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । १ सय पचास किलोमिटर ग्राभल सडक निर्माण भएका छन् । अढाइ सय टोलविकास संस्था समेत परिचालित छन् । नगरमा दैनिक दश टन भन्दा बढी फोहोर संकलन हुन्छ । नगरपालिकाले त्यसलाई घोराहीस्थित करौतीडाँडामा डम्पिङ गर्ने गर्दछ ।  एक सरकारी उपक्षेत्रीय  अस्पतालदेखि पाँच निजी अस्पताल नगरभित्र संचालनमा छन् ।दैनिक नगरमा सयौ यातायातका साधन गुड्ने गर्दछन् भने नगरभित्र संचालित विभिन्न उद्योग संचालनमा छन् यतिमात्र होइन नगरभित्रको  जथाभावी प्लटिङ गरी बस्ती बसाउने इत्यादी नगरको प्रदुषणका कारण छन् ।
यद्यपी यस्लाई मितव्ययी बनाउने नगरपालिकाले पहल गरेको नगरका जिम्मेवारहरु बताउछन् ।
तिनै यावत चुनौतिको सामना गरिहेको नगरलाई सरकारले हरित नगर बनाउने अभियान अगाडि सारेपनि स्थानीयको सक्रियता र कार्यक्रमको पारदर्शी हुन नसक्ता  परिणाममुखी बन्न नसक्ने स्थानीयहरु बताउछन् । कार्यक्रमको विषयमा आमनगरबासीलाई जानकारीसंगै उनीहरुको सहभागितामा कार्यक्रम संचालन हुनुपर्ने उनीहरुको माग छ ।
नगरलाई सुन्दर बनाउने सरकारी कार्यक्रम आएपनि  जनसहभागितालाई व्यवस्थित बनाउने र नगरप्रतिको अपनत्वलाई विकास गर्न सके हरितनगरको उदेश्य साकार हुने स्थानीय रेशमबहादुर डाँगी बताउछन्  नगरबासीलाई हरित नगर भनेको नै थााहा नभएकोले यसको बारेमा व्यापक जनचेतना अभिवृद्धी गर्न ठोस कार्यक्रम आउनु पर्ने उनले बताए  ।
सरकारले घोराहीलाई न्यूनतम १७ वटा  मापदण्ड पुरा गरी हरित नगर बनाउने कार्यक्रम अगाडि सारेको छ । जस अनुसार नगरको फोहोर व्यवस्थापन, तटबन्ध निर्माण एक घर एक विरुवा, मुल संरक्षण, आदि मापदण्ड समाविष्ट भएपनि नगरको अवस्था दिनानु दिन प्रदुषणयुक्त बन्दै गएको छ । सडक ढल इत्यादि फोहोर र ध्वनी प्रदुषणले अस्तव्यस्त बनेका छन् ।

अटोभिलेज  फोहोरमैला र  अव्यवस्थित सडकले हरित नगर आयोजनामा प्रश्न  ?

नगरलाई व्यस्थित र सफा बनाउन नगरपालिकाले वर्षेनी लाखौ रुपैया खर्च गर्दछ,जसका कारण थोरै परिणाममा भएपनि केही सरसफाईमा सुधार देखिएपनि अपेक्षित बन्न सकेको छैन, देशकै उत्कृष्ट नगरपालिकाको रुपमा स्थापित घोराही नगरपालिकाका लागि यो पूर्ण हुन सक्तैन । यतिमात्र होइन दाङ देशको चौधौ खुला दिशामुक्त जिल्ला भैसकेको अवस्थामा नगर सरसफाईको हिसाबमा व्यवस्थित हुन पर्ने भएपनि त्यो हुन सकेको छैन ।
यसको मुल कारण हरितनगरको अवधारणाबारे नगरबासी अनविज्ञ हुनु , अटोििभलेजको नगरको आयोजनाले गति लिन नसक्नु, फोहोर व्यवस्थापन,छाडा चौपाया, उचित पार्किङ, सडकको मर्मत सम्भार, अनि सबै भन्दा ठूलो समस्या नगरभित्र बस्ने सुकुम्बासीहरुको उचित व्यवस्थापन नै नगरका चुनौतिका विषय बनेका छन् । यतिमात्र होइन, ढल निकास, पिउने पानी, मापदण्डविपरित चल्ने हेभी गाडी, चर्काे हर्न लगायतका समस्याले हरितनगरको सपनामाथि प्रश्न उठाईरहेको छ ।छाडा चौपाया, व्यवस्थित सडक  र सुकुम्बासीहरुलाई व्यवस्था गर्न सके नगरलाई सफा र सभ्य अनि व्यवस्थित बनाउन सकिने स्थानीय विष्णु रेग्मी बताउछन् ।
हुन  त नगरपालिकाले नगरको दैनिक फोहोरलाई करौतीडाँडामा डम्पिङ गर्देै आएकोछ, नगरभित्र एक आवास बनाउदा प्रत्येक घरमा विरुवा अनिवार्य रोप्न आग्रह गरेको छ । सडक क्षमता भन्दा बढी क्षमता गाडी संचालनलाई निरुत्साहीत गर्ने जस्ता अभियान चलाएपनि त्यत्ति सार्थक बन्न सकेको छैन । नगरभित्रका सुकुम्बासीलाई उचित व्यवस्थापन गर्न सुकुम्बासी आयोग लागि परेको छ । नगर सफाको लागि निजी क्षेत्रहरुको पनि ध्यानाकर्षण भएपनि नगरको अवस्थामा त्यत्ति सुधार हुन सकेको छैन । जसले नगर दुर्गन्धित अव्यवस्थित बन्दै गइरहेको छ ।
यतिमात्र होइन दाङ १४ खुला दिशामुक्त जिल्ला घोषणा भएपनि जिल्लाको मुटु मानिने घोराही नगरको सुन्दरता कुरुप बन्दै जानुले हरित नगरको सपनालाई गम्भीर ठेस लागेको सरसफाई तथा बाताबरणको क्षेत्रमा कार्यरत जानकारहरु बताउछन् । जसले नगरको सुन्दरतामा कुरुपता मात्र होइन नगरबासीको स्वास्थ्यमा समेत चुनौति थपिएको बताएका छन् ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.