ताजा अपडेट

...


राप्तीमा औषधी अभाव बढ्दै





दाङ, ।सरकारले औषधीको अभाव नहुने बताएपनि पश्चिम नेपालसँगै राप्तीमा पनि औषधीको अभाव देखिएको छ । भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण बाहिरबाट औषधी आउन छाडेको र भएको औषधी पनि सकिदै गएको जिल्लाका औषधी व्यवसायीहरुले वताएका छन् ।

औषधी व्यवसायीहरुका अनुसार नेपालको पूर्वी क्षेत्रमा उत्पादन हुने औषधी इन्धन अभावले आउन सकेको छैन भने भारतबाट आउने अधिकांश औषधी नाकाबन्दीले नेपाल भारत सीमा नाकामा रोकिएको छ । देशमा सहज वातावरण भएन र यस्तै अवस्था रहिरहयो भने हप्ता दिनपछि औषधीको चरम अभाव हुने औषधी व्यवसायी संघका पूर्व केन्द्रिय सदस्य प्रकाश श्रेष्ठले वताउनु भयो । औषधी व्यवसायी संघ राप्तीका अध्यक्ष तथा थोक बिक्रेता समेत रहेका श्रेष्ठले भन्नुभयो– ‘भारतीय कम्पनीका औषधी आउन छाडेको दुई महिना भयो, नेपाली कम्पनीका पनि पूर्वी तराईमा उत्पादित औषधीहरु आउन सकेका छैनन’ । ‘एक त औषधी नै पाइदैन पाइएपनि इन्धन अभावले तेब्बर भाडा तिरेर ल्याउनुपर्छ श्रेष्ठले भन्नुभयो ।’ मेडिकल सञ्चालक तथा अस्पतालहरुका अनुसार हृदयघातका विरामीहरुको लागि अत्यावश्यक स्टेप्टोकाईनेज, भ्यालेक्स, सलाइन, सुइ लगाउन प्रयोग गरिने स्प्रिट, क्षयरोग, औलो, अप्रेसन तथा मुटुरोग सम्वन्धि औषधि, अप्रेसन गर्दा प्रयोग हुने आइभी फूल्इड तथा भ्यालेक्स, एन्टिबायटिक, अक्सिजन तथा आइसुलिन लगायतका औषधी सकिने अवस्थामा छ ।
    गोर्खा हस्पिटल घोराही प्रा.लि.का कार्यालय प्रमुख दिनेश आचार्यले औषधीसँगै अप्रेसनका समानहरु पनि सकिदा अस्पतालमा अप्रेसन सेवा प्रभावित भएको वताउनुभयो  । आचार्यले स्प्रिाइट, धागो लगायतका समानको अभावले अस्पतालमा अप्रेसन सेवा समेत प्रभावित भएको जानकारी दिनुभयो । नेपालमा उत्पादित औषधी भन्दा भारतीय कम्पनीका औषधीको अभाव अलि बढि देखिएको मेडिकल सञ्चालक सुनिल रेग्मीले बताउनुभयो । डाक्टरले लेखेका भारतीय कम्पनीका औषधी त पाइदैन त्यस्तै काम गर्ने अर्को कम्पनीका औषधी  दिएर भएपनि सेवा प्रदान गरिरहेको रेग्मीको भनाई छ । यस्तै अवस्था केही दिन रहे मेडिकलहरु नै बन्द हुने दाङका औषधी व्यवसायीहरुले बताउनुभएको छ  । मेडिकल सञ्चालहकहरुले चिकित्सकलाई यतिबेला ब्रान्ड रोज्नु भन्दा सहजै पाइने औषधी लेखिदिन पनि आग्रह गरेकाछन् ।

    भारतबाट आउने औषधी नाकामा रोकिएको र नेपालमा उत्पादन हुने औषधीमा कच्चा पदार्थ नभएको, पेट्रोल नभएको, आन्दोलनकारीले अवरोध गर्ने गरेको जस्ता कारण देखाउँदै कम्पनीले औषधी नपठाएको हनि मेडिको डिष्ट्रव्युटर्सका सञ्चालक कुलदीप न्यौपानेले वताउनुभएको छ  । ‘भेरी, लुम्बिनी लगायतका क्षेत्रमा स्टक औषधी छ कि भनेर सम्पर्क गरिरहेका छाँै कतै पनि औषधी नभएको खबर आएको छ, न्यौपाने भन्नुभयो– ‘पश्चिम नेपालमै औषधीको अभाव छ ।’

 सहर,बजारमा मात्र हैन गाउँ –गाउँमा पनि औषधी अभाव रहेको छ । डिलरले प्रयाप्त औषधी नदिएपछि गाउँका औषधी पसल पनि बन्द हुने अवस्थामा रहेको अर्का मेडिकल सञ्चालक हरि गौतमको भनाई छ । गाउँबाट औषधी लिन सहर गए पनि रित्तो हात फर्कनु परेको उहाँले बताउनुभयो । औषधी जस्तो मानव स्वास्थ्यमा प्रभावपार्ने संवेदनसिल वस्तु नेपाल भित्रनमा रोक लगाएर भारतले अमानवीय व्यवहार प्रर्दशन गरेको सर्वसाधारणको बुझाई छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.