ताजा अपडेट

...


घोराही नगरपालीकाको सार्वजनीक सुनुवाई



इन्द्रेणी समाचारदाता 
दाङ, २३ कात्तिक । लक्षित वर्गको वजेट लक्षित स्थान सम्म पु¥याउन दाङ घोराही नगरपालीका ६ का उपभोक्ताहरुले माग गरेका छन् । घोराही नगरपालिकाले २०७२÷७३ को पहिलो चौमासीकमा सम्पादन गरेका कार्यक्रम तथा सेवा प्रवाहका विषयमा घोराही ६ स्थित निमावि गिठेपानीमा आयोजना गरेको सार्बजनीक सुनुवाई कार्यक्रममा उपभोक्ताहरुले यस्तो गुनासो गरेका हुन् ।

     सहभागी उपभोक्ताहरुले  नगरपालिकाभित्रै सडक पक्की हुन नसकेको, बिद्युतका पोलहरु गाडिएपनि तार पुगि नसकेको वताएका छन् । साथै योजना छनौट देखि कार्यान्वयन तह सम्म उपभोक्ताहरुको सहभागीता आबश्यक रहेको धारणा राखेका छन् । स्थानीय लागत सहभागीता उठाउन तयार रहेको भन्दै बिकासका पुर्वाधारको पहुँचमा आफुहरु पर्नुपर्ने उपभोक्ताको भनाई छ । घर जग्गा नक्सा पासमा सहजता हुनुपर्ने, सरसफाई कार्ड कार्यान्वयन गरिनुपर्ने सहभागीहरुको भनाई छ । उपभोक्ताहरुको जबाफ दिदैं घोराही नगरपालिकाका कार्यकारी अधिकृत तुफानसिंह केसीले सेवाप्रबाहलाई चुस्त दुरुस्त बनाउन आफु सदैब लागीरहेको बताउनुभयो ।

      केसीले  सेवा प्रबाहमा कार्यालयमा कसैले ढिलासुस्ती गरेको भए आफुलाई जानकारी गराउन आग्रह गर्नुभयो । यस्तै नगरपालिकाका ईन्जिनियर रामधन श्रेष्ठ, नगरपालिकाका सुचना अधिकारी प्रेम केसी, सहरी शासन बिज्ञ बसन्तकुमार दुलालले सहभागीहरुको जिज्ञासाको जबाफ दिनुभएको थियो । सार्बजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार प्रशान्त वलीले गर्नुभएको थियो

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.