ताजा अपडेट

...


नाकाबन्दीबिरुद्ध खेलाडी



इन्द्रेणी समाचारदाता
काठमाडौँ, २३ कात्तिक । भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको भन्दै खेलाडीहरु विरोधमा उत्रिएका छन् ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा आज दशरथ रङ्गशालामा विरोध कार्यक्रम गर्दै विभिन्न खेलका खेलाडी तथा पदाधिकारी भेला भएका थिए । आज पहिलो चरणको कार्यक्रममा उनीहरुले हस्ताक्षर अभियान सुरु गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, पूर्व खेलाडी बैकुण्ठ मानन्धर, दीपक विष्ट, सङ्गीना वैद्य, जितबहादुर केसी, सुशीलनरसिंहलगायत विभिन्न खेलका प्रतिनिधिले नाकाबन्दीविरुद्ध हस्ताक्षर गरे ।

आजै हस्ताक्षर सङ्कलन सकेर भोलि प्रधामन्त्री केपी शर्मा ओली र भारतीय राजदूतावासलाई बुझाउने कार्यकम रहेको कार्यकमको संयोजक धावक एवम् पर्वतारोही सञ्जय पण्डितले जानकारी दिनुभयो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.