ताजा अपडेट

...


संविधान जारी गर्दा भारतको टाउको दुखाई किन ?




घोराही,२० कार्तिक   । नेपाली जनताहरुको अधिकार प्राप्तीका संविधान सभावाट संविधान जारी गर्दा भारतले नेपालमाथि नाकाबन्दी गरेर दण्ड दिने काम गरेको नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताउनुभएको छ ।
      नेकप  एमाले दाङ जिल्ला कार्यसमितिले शुक्रवार दाङको घोराहीमा गरेको विजयादशमी,दिपावली तथा छठ पर्वको अवसरमा सुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै नेता नेपालले नेपालीहरुको ठुला पर्वहरु दशै,तिहार र छठ पर्वका मुखमा नाकाबन्दी गरेर नेपाली जनताहरुलाई ठुलो दु.ख दिने काम  गरेकोबताउनुभएको छ ।
        ‘संयुक्त राष्ट्र,अमेरिका,चिन,युरोपियन युनियन लगाएतका धेरै राष्ट्रहरुले सविधानको स्वागत गरेको भन्दै नेता नेपालले भारतले स्वागत नगरेर नेपाली राष्ट्रियता तथा स्वाभिमान असर पु¥याउने काम गरेको बताउनुभएको थियो । ‘ तर अहिले सम्म नेपाली कसैको कहिल्यै अधिनमा उपनिवेश भएर बस्ने काम नगरेको भन्दै नेता  नेपालले अहिले भारतले गरेको नाकाबन्दीका कारण पनि भारतसँग झुक्न नसक्ने बताउनुभएको थियो ।
      ‘संविधानमै पछाडी पारिएका मधेशी,दलित,आदिवासी,थारु,महिला,अपाङ्ग,अल्पसंङ्ख्यक जातिहरुको अधिकार मौलिक हकका रुपमा प्रदान गरिएको र यदि सविधानमा छुटेको कुनै जायज माग भए सविधान संम्सोधनका माध्यमवाट पुरा गरिने भन्दापनि आन्दोलन नरुक्नु दुखद भएको बताउनुभएको थियो । ‘संसारमा पहिलो पटक संविधानसभावाट ८५ प्रतिशत जनताका प्रतिनिधिहरुको सहमति र त्यसमा पनि  एक सय १७ मधेशी सभाषदहरु मध्ये  एक सात जना मधेशी सभाषदहरुको सहमतिमा निर्माण गरिएको संविधान मधेश विरोधी हुनै नसक्ने नेता नेपालले बताउनुभएको थियो ।’

      भारतको नाकाबन्दीले नेपालीहरुलाई आत्मनिर्भर स्वाभीमानी बन्न सिकाएको भन्दै नेता नेपालले अव इन्धनको समस्या समाधानका लागि चिनसँगै तेश्रो मुलुकसँग सम्वाधन सुधार गर्दै नेपालमा रहेका प्रास्कृतिक श्रोतसाधानहरुको समेत खोजी गर्नुपर्ने बताउनुभएको थियो ।     संविधान निर्माणसँगै देश राजनीतिक रुपमा नयाँ युगमा प्रवेश गरेको अवस्थामा सरकारले अव कुनै पनि हालतमा भारतसँग झुक्न नहुने  उपाध्यक्ष ज्ञवालीले बताउनुभएको थियो ।
        नेपाल स्वतन्त्र सार्वभौम सम्पन्न राष्ट्र रहेको भन्दै उपाध्यक्ष ज्ञवालीे कसैले दवाफ दिदैमा उसको झुक्न नसक्ने बताउनुभएको थियो  अहिलेको देशमा देखिएको संकट समाधानका लागि सरकारले मधेशवादी दलहरुका जायज मागहरु सम्वोधन गर्दै देशमा देखिएको इन्धनको समस्या समाधानका लागि चिनसँगै तेश्रो मुलुकसँग समेत छलफल गर्नु पर्ने बताउनुभएको थियो ।  देशमा देखिएको समस्या समाधानसँगै  संविधान कार्यान्वयनका लागि सरकारले प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसलाई समेत साथमा लिन आवश्यक रहेको ज्ञवालीले बताउनुभएको थियो ।        
         त्यस्तै कार्यक्रममा पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले भारतले सिमाक्षेत्रमा गरेको अवरोध समस्या समाधानका लागि उच्च स्तरवाट बार्ता र सवाद हुनुपर्ने बताउनुभएको छ ।  ‘ एउटा छिमेकी ठुलो देशले सानो देश भनेर अन्तराष्ट्रिय कानुनले प्रदान गरेको अधिकारवाट बच्चीत गर्न नमिल्ने बताउनुभएको थियो ।

       नेकपा  एमाले दाङका अध्यक्ष जोगबहादुर राणाको अध्यक्षता तथा उपसचिव बामदेव खनालको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज बलदेव चौधरी, केन्द्रीय सदस्य गुलावजंग शाह, केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज मेटमणि चौधरी नेकपा एमाले राप्ती अञ्चल कमिटिकी पूर्व सदस्य सिता आचार्य,नेकपा एमाले बाँके जिल्ला अध्यक्ष अशोक कोइराला,नेपाली काग्रेस दाङका जिल्ला सदस्य लुमबहादुर बुढाथोकी,एकिकृत नेकपा माओवादी दाङका अध्यक्ष कुवेर वली,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप  गौतम,दाङ जिल्ला उद्योग बाणिज्य स
घका अध्यक्ष हेमराज बञ्जाडे लगाएतका बक्ताहरुले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेकपा एमाले दाङका सचिव हुकुम बस्नेतले गर्नुभएको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.