रेखा मगर
दाङ, २० कार्तिक । आर्थिक विकासमा भुमिका खेल्ने सहकारी संस्थामा सवै वर्ग समुदायको सहभागिता सुनिश्चित हुनुपर्ने दाङको घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । साझेदारी वचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभाका सहभागीहरुले यस्तो बताएका हुन् । सामाजिक, आर्थिक र सामाजिक विकासमा महत्वपुर्ण भुमिका खेल्ने सहकारीमा मजदुरदेखी सम्पन्न वर्गको सहकार्य हुन आवश्यक रहेको कुरामा सहभागीहरुको जोड थियो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता एबम् जिल्ला सहकारी संघका अध्यक्ष गोबिन्दप्रसाद शर्माको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो । साधारण सभामा संस्थाका सचिब मोतीलाल केसीले प्रगति र संस्थाका कोषाध्यक्ष निश्चल आचार्यले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
यसैविच, संस्थाले उत्कृष्ट बचत शेयर सदस्यका रुपमा घोराही १० का राजेशकुमार श्रेष्ठ, घोराही ११ का शारदा पौडेल, सौडिंयार ३ का लक्ष्मण बाँठालाई नगद एक हजार रुपैंया र प्रमाण पत्रले सम्मान गरेको छ । यस्तै, उत्कृष्ठ ऋण शेयर सदस्यका रुपमा घोराही ११ का बसन्तकुमार श्रेष्ठलाई नगद एक हजार रुपैंया सहित प्रमाण पत्रले पुरस्कृत गरिएको छ ।
आगामि बर्ष ऋण लगानिमा बृद्धि गर्ने र सहकारी शिक्षा मार्फत बचतका लागी प्रोत्साहन गर्ने योजना रहेको संस्थाले जनाएको छ । संस्थाका उपाध्यक्ष प्रेम केसीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिब मोतीलाल केसीले गर्नुभएको थियो ।