ताजा अपडेट

...


कालाबजारी गर्नेलाई कारवाहीगर्छौ पौड्याल




लोकनाथ पौड्याल प्रमुख जिल्ला अधिकारी 
रेखा मगर
दाङ, २० कार्तिक ।  जिल्ला प्रशासन कार्यालय दाङले खरिद मुल्यभन्दा वढि नाफालिएर सामान विक्रिगर्नेहरुलाई कारवाहीगर्ने वताएको छ । तिहार नजिकिदै गर्दा व्यापारीहरुले उपभोग्य वस्तुमा महंगी वढाएको र कालोवजारी गरेको नागरिकको गुनासो छ । दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले केहि दिनपहिले व्यवसायीहरुलाई सामानको दररेट नै उपलव्ध गराएर अंकित मुल्यमै सामान विक्रीगर्न आग्रह गरेको जानकारी दिनुभयो ।

अंकित मुल्यअनुसार  धेरै नाफालिने गरी सामान बिक्रिनगर्न आग्रहगर्दै प्रमुख जिल्ला अधिकारी पौड्यालले त्यस्तो गरिएको पाईमा आफुहरुलाई जानकारी दिनपनि आग्रह गर्नुभयो । खरिद मुल्यको २० प्रतिशत सम्म मात्र नाफाखाएर सामान वेच्नपाउने व्यवस्था रहेको र त्यो भन्दा वढि नाफाखाएर उपभोग्य सामान वेचेको पाईएमा प्रचलित कानुन अनुसार कारवाहीहुने प्रशासनले चेतावनी दिएको छ ।

तिहार र छठ पर्व नजिकिदै गर्दा उपभोग्य सामानहरुको मुल्य आकासिएको सर्वसाधारणको गुनासो छ । नाकावन्दीले सामान मुल्यमाकुनै असर नगर्ने भन्दै पौड्यालले नागरिकलाई पनि मुल्य सुचीको विषयमा सचेत रहन आग्रह गर्नुभयो । उपभोग्य समाग्री मा गतवर्षकै मुल्य सुची कायम नहुने उल्लेख गर्दै प्रशासनले समयानुसार मुल्यको अवस्थालाई वोध गर्न पनि सचेत गराएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.