ताजा अपडेट

...


रापती म्युजिक अवार्ड कार्यक्रम आज



इन्द्रेणी  सम्बाददाता
रापती समाज काठमाण्डौले आज दाङको घोराहीमा चौथो रापती म्युजिक अवार्ड कार्यक्रम गर्दैछ । मध्य तथा सुदूरपश्चिममा पहिलो पटक आज दाङमा म्युजिक अवार्डको आयोजना गरिएको आयोजकले जनाएको छ । हरेक वर्ष आयोजना गर्दै आएको म्यूजिक अवार्डअन्तर्गत यसवर्षको ‘चौथो रापती म्यूजिक अवार्ड २०७१’ दाङमा हुन लागेको समाजका अध्यक्ष शशी शर्मा मजगैयाँले जानकारी दिनुभयो ।

मद्यान्ह साढे १२ वजे घोराहीको गणेश चित्रालय हलमा सुरु हुने कार्यक्रममका २०७१ सालभित्र बजारमा आएका गीतसंगीत क्षेत्रका हरेक विधाहरु अवार्ड वितरण गरिने छ । राप्ती क्षेत्रका र केन्द्रीय कलाकारहरुको प्रस्तुति रहने अवार्ड बितरण कार्यक्रममा उपस्थितिका लागि समाजले सबैमा अनुरोध गरेको छ ।

२४ नियमित विधा र थप ४ विधा गरी २८ विधामा सर्वोत्कृष्ट कलाकर्मी र सिर्जनालाई अवार्ड बितरण गरिने छ । कार्यक्रममा कलाकारहरु कोमल वली, झरना थापा, माण्डवी त्रिपाठी, चन्द्र शर्मा, सन्तोष श्रेष्ठ, टीका पुन, गोविन्द मधुर आचार्य लगायत राप्तीका दुई दर्जन बढी कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.