![]() |
| फाइल तस्वीर |
देउखुरी, १ मंसिर कार्तिक । दाङमा हिजो वेलुकि ट्रेक्टरको ट्रली पल्टिदा १८ जना घाईते भएका छन् । वेल्दमारवाट सतवरीया तर्फ जाँदै गरेको रा १ त १७३८ नम्वरको ट्रेक्टरको ट्राली लमही नगरपालीका १० कुलमोडमा पल्टदा त्यसमा सवार १८ जना घाईते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
वेलदमारमा वनभोज खाएर सतवरीया तर्फ फर्कदै गरेका मानिस चढेको ट्रेक्टरको ट्राली पल्टिएको हो । घाईते सवैको वुटवलमा उपचार भईरहेको छ । घाईतेहुनेहरुमा सतवरीया गाविस निवासी १५ बर्षिय रमेश चौधरी, १७ बर्षिया शुसीला चौधरी, २० बर्षिय शिताराम चौधरी, २० बर्षकै पुरन चौधरी, १७ बर्षिय सोहन सिङ्ग ठकुरी, १८ बर्षिय जिवन वुढामगर, १२ बर्षका राहुल चौधरी रहनु भएको छ ।
त्यसैगरी १६ बर्षिया अमृता सिङ्ग ठकुरी, १४ बर्षकी ववीता सिङ्ग ठकुरी, १६ वर्षकी मित्रा चौधरी, सोही उमेरकी सावित्रा चौधरी, १५ बर्षकी कविता चौधरी, ११ बर्षकी साधना चौधरी, ७ बर्षकी एञ्जल चौधरी, १८ बर्षीय मोहन सिङ्ग ठकुरी, २७ बर्षिया भिमा थापा, २० बर्षिया जानकी चौधरी र २३ बर्षिय हरि सिङ्ग ठकुरी घाईते हुनु भएको छ । घाईतेको टाउँको, हात र खुट्टामा चोट लागेको छ । प्रहरीले ट्रेक्टरका चालकलाई नियन्त्रणमा लिएको छ ।।





